खेलकुद

विश्वकप खेल्ने डी भिलियर्सको चाहना

एजेन्सी – दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डी भिलियर्सले यसै वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप अघि टोलीमा पुनरागमन गर्न चाहेको बताएका छन् ।

अष्ट्रेलियामा जारी बिग ब्यास लिग ब्रिसबेन हिटबाट खेलेका एबी डी भिलियर्सले ‘क्रिकेट डट कम डट एयू’ सँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले टोलीमा पुनरागमन गर्न आगमी संस्करणको भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रर्दशन महत्वपूर्ण हुने छ । एबी डी भिलियर्सले आईपीएल विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेल्ने छन् ।

उनले भनेका छन्, ‘म पुनरागमन गर्न चाहान्छु, मार्क बाउचर (दक्षिण अफ्रीका प्रशिक्षक ), ग्रीम स्मिथ (क्रिकेट निर्देशक) र फाफ डु प्लेसिस (कप्तान) सँग कुरा गरि रहेको छु। सबै पुनरागमन चाहान्छन् ।’

‘अझै धेरै समय बाँकी छ र म क्रिकेटमा धेरै गर्न सक्छु, जसको लागि आईपीएलको प्रर्दशन महत्त्वपूर्ण हुने छ । म लयमा हुन आवश्यक छ । म दक्षिण अफ्रिकाको सम्भावित खेलाडीमा पर्न चाहान्छु । आशा छ सबै ठिक हुनेछ’, उनले भने ।

एबीले सन् २०१८ मे मा सबैलाई आश्चर्य पार्दै एक्कासी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । डी भिलियर्सले गत जुलाईमा इंग्ल्यान्डमा भएको आईसीसी एक दिवसिय विश्वकपमा खेल्न दक्षिण अफ्रिकाले चाहे र आवश्यक रहे आफू तयार रहेको बताएका थिए ।

तर दक्षिण अफ्रिकाले डी भिलियर्सलाई टोलीमा मौका दिएन । डी भिलियर्सलाई मौका दिँदा कडा मिहिनेतका साथ टोलीमा परेका खेलाडीलाई अन्याय हुने भन्दै कप्तान फाफ डु प्लेसिसिले अस्विकार गरेका थिए । विश्फोटक ब्याट्सम्यान डी भिलियर्स सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमै शतक पुरा गर्दै यस्तो कीर्तिमान कायम गरेका थिए ।

आईसीसी टि ट्वान्टी विश्वकप अष्ट्रेलियामा आगमी अक्टोबर नोभेम्बरमा हुने छ । दक्षिण अफ्रिकाका प्रशिक्षक मार्क बाउचरले डी भिलियर्स चाहान्छन् भने पुनरागमन गर्न सक्ने बताउदै आएका छन्।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button