
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाकाे शीर्षस्थानमा उक्लिएकाे छ। घरेलु मैदानमा ग्रानडालाई १-० ले पराजित गर्दै बार्सिलाेनाले स्पेनिस महारथी रियाल म्याड्रिडलाई पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे ।
घरेलु मैदान नाेउ क्याम्पमा आइतबार राति भएकाे खेलमा बार्सिलाेनाले १० खेलाडीमा समेटिएकाे ग्रानडामाथि १-० काे झिनाे जित निकालेकाे हाे खेलकाे सुरुवात देखि नै ग्रानडालाई दवावमा राखेपनि बार्सिलाेनाले गाेलकाे लागि दाेस्राे हाफ नै कुर्नु परेकाे थियाे ।
खेलकाे ११अाैं मिनेटमा जाेर्डी अल्वाकाे थ्रु पासमा कप्तान लियाेनेल मेस्सीले एक डिफेन्डरलाई कटाएर दिएकाे पासमा अन्सु फातीकाे क्लाेज रेन्जबाटकाे प्रहार बाहिरिँदा बार्सिलाेनाले खेलमा अग्रता लिने अवसर खेर फालेकाे थियाे । १४ अाैं मिनेटमा मेस्सीकाे फ्रिकिक क्रसबारमा लागेर बाहिरिँदा बार्सिलाेना अग्रता लिनबाट चुक्यो ।

६७ अाैं मिनेटमा ग्रानडाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्याे । काउन्टर एट्याकमा यान ब्रिस इटिकीकाे प्रहार पाेस्टमा लागेर फर्कदा बार्सिलाेनाका डिफेन्डरले क्लियर गरिदिए ।
६९अाैं मिनेटमा ग्रानडा १० खेलाडीमा समेटियाे । जर्मन सान्चेज दाेहाेराे पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि ग्रानडाले बार्सिलाेनालाई राेक्न सकेन । त्यसकाे फाइदा बार्सिलाेनाले उठायाे ।
७६अाैं मिनेटमा कप्तान लियाेनेल मेस्सीकाे गाेलबाट बार्सिलाेनाले खेलमा अग्रता लिन सफल भयाे । मेस्सीले आर्टुराे भिडालकाे पासमा गमेल गर्न सफल भएका थिए । त्यसपछि थप गाेल निस्कन नसक्दा बार्सिलाेनाले १-० काे झिनाे जित निकाल्न सफल भयाे ।
बार्सिलाेनाले रियाललाई गाेल अन्तरमा पछि पार्दै शीर्षस्थानमा पुनरागमन गरेकाे हाे । बार्सिलाेनाकाे २० खेलबाट ४३ अंक पुगेकाे छ । रियालकाे पनि समान ४३ अंक छ । पराजित ग्रानडा २७ अंक जाेडेर १०अाैं स्थानमा छ ।hamrokhelkud



