मूल खबर

गाबिस बाट नगरपालिका बन्यो स्कुल बनेन  

संगम बिष्ट

चतरा / नगर र गाउँको फरक जनताले पाउने सुविधा लाई मान्ने गरिएको छ । नेपालमा धेरै गाउँहरु पछिल्लो समय नगरपालिका बने । बराहक्षेत्र पनि यसै क्रममा नगरपालिका बन्यो । नगरपालिका बनेपछि स्वभाविक रुपमा शिक्षा, स्वास्थ्य लगायतका आधरभूत सुविधा प्राप्त हुने विश्वास गाउँबासीले गरेका थिए ।

कतिपय सेवाका पूर्वाधारका योजना बनेपनि बराहक्षेत्रका बालबालिको शिक्षा आर्जन गर्ने अधिकार र सुविधा प्रदान गर्ने पूर्वाधारका कुनै पनि योजना बनेका छैनन् । यस्तो अवस्थाले पुस्तौं देखी स्कुल जान र आउन नै ५ घण्टा सम्म पैदल हिड्नु पर्ने बाध्यता अझै कति पुस्ताले व्यहोर्नु पर्ने हो भनि बराहक्षेत्रका सुविधा विहीन जनताले प्रश्न गर्न थालेका छन् ।

सरकारले कक्षा १० सम्म अनिबार्य शिक्षा र कक्षा १२ सम्मको पढाई सर्वसुलभ बनाउने योजना अगाडि सारे पनि नगरपालिका बनेको बराहक्षेत्रमा आधारभुत तह माथि बिद्यालय नहुदा सयौ बिद्यार्थीहरु २ घण्टा बढि पैदल हिडेर माध्यमिक तह धाउनु पर्ने बाध्यता अहिले पनि विद्यमान छ । गाउँ बाट नगरपालिका बनेको वराहक्षेत्र १ का पहाडी क्षेत्रका बिद्यार्थीहरुलाई गाउँमा माध्यमिक तहका बिद्यालय नहुदा दैनिक लामो बाट धाउनु पर्ने समस्या व्यहोर्दै आउनु परेको हो ।

वराहक्षेत्रको उक्त वडामा पर्ने सुर्यकुण्ड, चियाबारी, वराहक्षेत्र, चावाचा, सिल्पाखा सहित वराहक्षेत्रकै वडा ६ र ९ का चिलैया, माझी टोल, एबिसि टाप्पु, बानडाडा गाँउका बिद्यार्थीहरु कक्षा ८ देखि माथि पढ्न जयान नै जोखिममा राखेर विद्यालय धाउनु पर्ने बाध्यता छ ।

वराहक्षेत्र १ सुर्यकुण्डका विद्यार्थी कक्षा ९ भन्दा माथि पढ्न चतरा झर्ने नत्र धरानको भालुढुङ्गा चढ्नु पर्ने बाध्यता छ । सुर्यकुण्डमा आधारभुत बिद्यालयमा कक्षा ८ सम्म मात्र पठन पाठन हुन्छ । गाउँमा माबि बिद्यालय नहुदा बालबालिकाले यो समस्या दशकौं देखी भोग्दै आएको स्थानिय भक्त राईले बताए । राईका अनुसार सुर्यकुण्ड स्थित सुर्यकुण्ड आधारभुतमा कक्षा ८ सम्म मात्र पढाइ हुने भएकाले ८ देखि माथि पढ्न बिष्णुपादुका या चतरा २ घण्टा पैदल हिडेर दैनिक २० जना भन्दा बढि बिद्यार्थीहरु धाउने गरेका छन् ।

सुर्यकण्डको जस्तै कटहरे, चियाबारीको समस्या पनि उस्तै छ । अर्चलेकी स्थानियबासी भगवती दाहालका अनुसार गाउँको पञ्चकन्या आधारभुतमा ५ कक्षा सम्म मात्र पढाइ हुन्छ । पढाइ पनि खस्किदै गएकाले कक्षा ३ देखि नै चतराको औलिया माबिमा डेढ घण्टा हिडेर ३० जना बालबालिका बिद्यालय धाउने गरेका छन् ।


चियाबारीका तपेन्द्र राईका अनुसार सिंहदेबि आधारभुतमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ ।

५ पास गरेपछि बिष्णुपादुकाको भालुभुङ्गा माबि र ज्वालामुखि माबि पटनाली डेढ घण्टा पैदल हिडेर दर्जनौ बालबालिका धाउँदै आएका छन् । चियाबारि जस्तै साबिक वराहक्षेत्र गाबिस वडा ७ को कटहरेका बालबालिकाले पनि यस्तै समस्या व्यहोर्दै आएका छन् । कटहरेकी सामाजिक परिचालिका पार्वती श्रेष्ठका अनुसार गाउँको पंखवती आधारभुतमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । ६ देखि माथि पढ्न पटनाली, बिष्णुपादुका र चतरा करिब सम्म ६० जना विद्यार्थी पैदल २ घण्टा हिडेर दैनिक धाउनेृ गरेका छन् ।

चारै गाउँका बिद्यार्थीहरु साढे दस बजे लाग्ने बिद्यालय पुग्न घरबाट बिहान साढे ८ बजे हिड्नु पर्छ । यो ऊनिहरुको बाध्यता रहँदै आएको छ । स्कुल लाग्ने समय भन्दा झण्डै २ घण्डा अगाडि हिड्ने उनिहरु घर पनि बिद्यालय छुट्टि भएको अढाई घंण्टा पछि मात्र घर पुगिने आदर्श माबि चतरामा कक्षा ९ का छात्रा एलिसा राईले बताइन् । उनी भन्छिन ‘साढे ४ बजे बिद्यालय छुटि हुन्छ तर घर पु्दा पुरै झमक रात नै परिसेको हुन्छ ।’ १० कक्षाकी छात्रा सुस्मिता, ८ कक्षाकी बिकिता र एलिसा ७ कक्षामा पढ्ने शान्तिको पनि समस्या उस्तैछ । यो समस्या उनिहरुको आमा बाबुले पनि भोग्दै आएको उनिहरु बताउँछन् ।

देशमा गणतन्त्र आयो, चुनाव भए, गाउँ गाउँमा सिंहदर पुग्यो भनिन्छ । तर बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधिहरु हिडेर बिद्यालय नपुगेकाले बालबालिका, अभिभावकको समस्या समाधानमा उनिहरुको ध्यानाकर्षण भएको छैन् ।

नगर क्षेत्रका वडा ६ र ९ कोशी पारीको बस्तिका बालबालिकाको समस्य झन जोखिमपूर्ण छ । चिलैया, माझी टौल, एबिसि टाप्पू, बानडाडाका बिद्यार्थीहरु कक्षा ८ देखि माथि पढ्न कोशी नदी तरेर जान्नु पर्ने बाध्यता छ । गाउँको बालसेवा आधारभुतमा ५ सम्म कोशिका आधारभुत र एक निजि बिद्यालय सहित ४ बिद्यालय भएपनि आधारभुत तह भन्दा माथिको कक्षा सन्चालन हुन नसक्दा बर्षामा कोशीको बहाव संग सामना गर्दै बालबालिका स्कुल जानुपर्ने जोखिममा छन् ।

गाउँमा माध्यमिक तहका बिद्यालय नहुदा कक्षा ८ सम्म पढेर भारत काम गर्न जाने गरेको वडा ९ का वडा सदस्य शम्बु चन्दवशी बताउँछन् । उनका अनुसार गाउँमा सन्चालन भएको एउटा कक्षा ८ सम्मको बिद्यालयमा पनि प्रर्याप्त शिक्षक नहुदा बिद्यालयको कक्षा कटौति गर्नु पर्ने बाध्यता रहेको छ ।sancharpati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button