मूल खबर

ट्रकसँग ठोक्किँदा बाइक चालकको मृत्यु

लाभामा आगलागीमा घर जलेर स्वाहा
लाभा : कालेबुङको लाभा गुम्बाघेट निवासी साङ्गे तामाङको घर गत अबेर राति जलेर स्वाहा भएको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग १ बजे लागेको आगोले घर पूर्ण रूपले जलेको बताइएको छ। आगो लागेको थाहा पाएपछि स्थानीय मानिसहरूको सहयोगमा परिवारका सदस्यहरूले आगो निभाउने प्रयास गरे तापनि आगोलाई नियन्त्रणमा ल्याउन नसकेपछि घरका सबै सर समान तथा आवश्यक कागजपत्रहरू जलेर नष्ट भएको बताइएको छ।

ट्रकसँग ठोक्किँदा बाइक चालकको मृत्यु

खोरीबारी खोरीबारी थाना अन्तर्गत आज बिहान पानीट्याङ्कीमा एउटा बाइक र ट्रक ठोक्किँदा बाइक सवारको मृत्यु भएको छ। यस घटनाबारे खोरीबारी थानाका ओसी पासाङ छिरिङ शेर्पाले बताएअनुसार एउटा बाइक हाईवेको सडक छेउमा राखेको एउटा ट्रकसँग सोझै ठोक्किँदा गम्भीर अवस्थामा बाइक चालकलाई स्थानीय मानिसहरूले तत्कालै नक्सलबारी अस्पताल पुर्‍याए। तथापि, त्यहाँ चिकित्सकले उक्त व्यक्तिलाई मृत घोषित गरिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

गोरामुमो दार्जिलिङ टाउन कमिटीद्वारा विभिन्न वार्डमा कम्बल वितरण

दार्जिलिङ: गोरामुमो दार्जिलिङ टाउन कमिटीले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ नगरपालिकाको विभिन्न वार्डहरुका गरिब असाहयहरुलाई कम्बल बितरण गरे। सेवा अभियानलाई जारी राख्दै यहाँको वार्ड नम्बर 5 र 6 नम्बरमा 37 वटा कम्बल बितरण गरे भने वार्ड नम्बर 23 मा 15 वटा, 7 नम्बर वार्डमा 25 वटा अनि वार्ड नम्बर 3 र 4 मा 31 वटा कम्बल बितरण गरेको गोरामुमो दार्जिलिङ टाउन कमिटीका उपसभापति रबि अरोडाले जानकारी दिएका छन्।

 

स्मरण रहोस्, बिगत केही दिन अघिदेखि गोरामुमोले सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ शहर अनि वरिपरिका क्षेत्रमा गरिब असाहय अनि घरबिहिनहरुलाई जाडोबाट बाँच्नको लागि कम्बल बितरण गर्दै आइरहेको छ। गोरामुमो दार्जिलिङ टाउन कमिटीका सदस्यहरुद्वारा आफ्नै खर्चमा यसरी कम्बल बितरण गरेको साथै आउँदो दिनहरुमा पनि अन्य वार्डहरुमा आफ्नो अभियानलाई जारी राख्ने साथै गोरामुमोले राजनीति मात्र नगरेर सामाजिक कार्यहरु पनि गरेको यस्ता धेरै उदाहरण रहेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा जामको समस्या

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा ट्राफिक जामको समस्याले प्रत्येक दिन यस मार्ग भएर चलाचल गर्ने मानिसहरू तथा वाहनका चालकहरूलाई धेरै समस्या भइरहेको देखिन्छ। प्रत्येक दिन नै सिलगढी जलपाईगढी फोर लेन राजमार्गमा जामको अधिक समस्या हुने भएकोले गर्दा ट्राफिक पुलिसको भूमिकालाई लिएर मानिसहरूले प्रश्न उठाउनको साथै क्षुब्ध बन्न पुगेका छन्। यात्रीहरूको भनाइअनुसार प्रत्येक दिन नै जामको समस्याले गर्दा घण्टौँसम्म जाममा फँसिनु पर्दछ। एकतर्फ सडक निर्माण कार्य भइरहेको अनि अर्कोतर्फ वाहन चालकहरूको लापर्वाहीको कारणले गर्दा उक्त समस्या देखा परेको स्थानीय मानिसहरूको भनाइ रहेको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button