मूल खबर

दामनको रिसोर्टमा बेहोस भेटिएका ८ भारतीयको मृत्यु (अपडेट)

मकवानपुर ।

मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका ८ जना भारतीयको मृत्यु भएको छ।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका ८ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

उपचारमा ल्याइएकामध्ये पाँच जनाको मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले
जानकारी दियो ।

मृत्यु हुने तीन जना महिला र दुई पुरूष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ ।
उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए। त्यसकारण उनीहरु एक्कासी अचेत हुन पुगेको प्रहरीले आशंका गरेको छ ।

उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।न्युज अफ नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button