खबर

ट्रक पल्टिँदा ६ जनाको मृत्यु

न्युज अफ नेपाल, धादिङ ।

धादिङको निलकण्ठ नगरपालिका८ मा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ६ जनाको ज्यान गएको छ । मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा उनीहरूकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button