कला

गाउँदागाउँदै स्टेजमै गायकको मृत्यु

वासिंगटन, (एजेन्सी)।

अमेरिकाको फ्लोरिडामा आयोजित संगीत महोत्सवको दौरान स्टेजमा गीत गाउँदागाउँदै अमेरिकाका चर्चित लोकगायक तथा गीतकारको मृत्यु भएको छ।

स्टेजमा ती ७१ वर्षीय गायक डेविड ओल्नी छेउमै बसेर संगीत बजाउँदै गरेका दुईजना कलाकारले अगस्तको मध्यभागमा पुगिसकेका उनले अचानक क्षमा माग्दै आँखा चिम्लेकोे प्रहरीलाई जानकारी दिएका छन्।

शनिबार राति सान्टा रोज बीचमा आयोजित कार्यक्रमको दौरान उनलाई अचानक हृदयाघात भएको सञ्चार माध्यमले जनाएको छ। मासभिल्ले संगीत क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा चिनिने ओल्नीले लेखेका थुप्रै गीतहरू प्रख्यात कन्ट्रि तथा फोक गायकहरूले गाएका छन्।

असीको दशकमा एक्स–रेज नामक रक व्यान्ड खोलेका उनले केही समयपछि एकल सांगीतिक यात्रा शुरु गरेका थिए। उनका २० वटाभन्दा बढी एल्बम बजारमा छन्।

कार्यक्रमको बेला उनीसँगै संगीत बजाउँदै गरेकी एमी रिग्वीले आफ्नो फेसबुक पेजमार्फत बताएकी छन्, ‘लगातार तेस्रो गीत गाउने क्रममा उनले अचानक आँखा चिम्लेका थिए। तर मृत्युपछि पनि उनी मेचमा गिटारसहित सिधा बसिरहेका थिए।’

सँगै रहेका अर्का संगीतकार स्कट मिल्लरले भनेका छन्– ‘अचानक आफ्नो चिउँडो छातीमा बिसाउँदै उनले क्षमा माग्दै आँखा चिम्ले। हामीले उनलाई भुइँमा लेटाएर आपत्कालीन स्वास्थ्य टोली नआइपुगुन्जेल ब्युँताउन सकेसम्मका प्राथमिक उपचार गर्यौं। तर असफल भयौं। उनीबाट हामी सँधंै प्रेरित रहनेछौं।’newsofnepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button