स्वास्थ्य

१९२ सुत्केरीलाई के थियो उपमेयरको कोशेली

जिल्लाको स्वर्गद्वारी नगरपालिकाले १९२ जना सुत्केरी महिलालाई कोसेली सामग्री वितरण गरेको छ । ‘उपमेयरसँग कोसेली’ कार्यक्रममार्फत नगर क्षेत्रका ७ वटै स्वास्थ्य संस्थामा पुरेर केसेली वितरण गरिएको हो ।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई भेलासँगै हाइजिनिक किटर, सेनेटरी प्याड, नेलकटर, बेबी बक्स, बेबी आयलसहित ९ प्रकारका सामग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए ।

नगरपालिकाको कोचिवाङ, स्वर्गद्वारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरी महिलालाई २ हजार ५०० बराबरको कोशेली बाँडिएको उनले जानकारी दिए ।  नेपाल समाचारपत्रमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button