कृषि र किसान

भुँई स्याउले बजार नपाउँदा खोले बनाएर बस्तुभाउलाई खुवाउँदै

इलाम। केही वर्षयता इलाममा व्यापक मात्रामा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एपल) ले बजार पाउन सकेको छैन ।पोषणयुक्त फलको रुपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् ।

देउमाई नगरपालिका २ का किसान मदन मुखियाले वितगका वर्षमा प्रशस्तै विक्री भएको तर यो वर्ष भुइँस्याउले कम बजार पाएको बताए ।

भुइँ स्याउलाई सिधै काटेर सल्लादको रुपमा खान सकिने भए पनि यसको उपयोग होटल व्यवसायमा पनि खासै हुन नसकेको किसान बताउँछन् ।

भुइस्याउलाई जुस, वाइन बनाउने कच्चा पदार्थको रुपमा लिने गरिन्छ । इलाम जिल्लाको उत्तरी क्षेत्रमा भुइँस्याउको बढी उत्पादन हुने गरेको छ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button