कला

२०२० मा बलिउडमा डेब्यू गर्दैछन् यी ६ नयाँ अनुहार

एजेन्सी,

हरेक वर्ष बलिउडले योङ ट्यालेन्टलाई मौका दिँदै आएको छ । २०१९ मा थुप्रै नयाँ अनुहारले बलिउडमा इन्ट्री लिए । तर, एकाध मात्र सफल भए । यो शिलशिला २०२० मा पनि जारी हुने देखिएको छ । २०२० मा केही नयाँ अनुहारले आफ्नो अभिनयको जादू छर्दैछन् । यसमा स्टारकिड्सदेखि साउथ स्टार समेत सामेल छन्, जो पहिलो पटक बलिउड फिल्ममा देखिँदैछन् ।

१. मानुषी छिल्लर

२०१७ मा मिस वर्ल्डको उपाधि जित्न सफल मानुषी छिल्लरले बलिउडमा डेब्यू गर्न लागेको खबर लामो समयदेखि चर्चामा थियो, जुन नोभेम्बर २०१९ मा सत्य सावित भयो । उनी फिल्म ‘पृथ्वीराज चौहान’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । २०२० को दिपावलीमा प्रदर्शन हुने फिल्ममा उनी अभिनेता अक्षय कुमारको अपोजिटमा देखिनेछिन् । मानुषी फिल्ममा संयोगिताको भूमिकामा छिन् ।

२. शालिनी पान्डे

तेलुगूको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को सक्सेसको सबै क्रेडिट अभिनेता विजय देवारकोन्डाको पोल्टमा पर्‍यो तर फिल्ममा प्रीतिको भूमिका निभाएकी शालिनी पान्डेलाई खासै नोटिस गरिएन । तर, केही तमिल र तेलुगू फिल्ममा काम गरेपछि उनी अब बलिउड फिल्ममा डेब्यू गर्दैछिन् । बलिउड सुपरस्टार रणवीर सिंहसँग उनी फिल्म ‘जयेश भाई जोरदार’ मा देखिँदैछिन् ।

३. क्रिस्टल डिसूजा

‘एक हजारों में मेरी बहना है’, एक नई पहचान’ जस्ता टेलिभिजन शोज र ‘फितरत’ वेब सिरिजमा काम गरिसकेकी क्रिस्टल २०२० बलिउडमा डेब्यू गर्दैछिन् । अमिताभ बच्चन, इमरान हाशमी स्टारर फिल्म ‘चेहरेमा उनी देखिँदैछिन् । उनलाई लामो समयदेखि फिल्मको अफर मिलिरहेको थियो तर उनले डेब्यूका लागि ‘चेहरे’ लाई रोजिन् । क्रिस्टल सोसल मिडियामा निकै पपुलर छिन् ।

४. आलिया फर्नीचरवाला

अभिनेत्री पूजा बेदीकी छोरी आलिया अभिनेता सैफ अली खान स्टारर ‘जवानी जानेमन’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्ममा उनी सैफकी छोरीको भूमिकामा देखिनेछिन् । फिल्मका डाइरेक्टर नितिन कक्कड हुन् र यसमा तब्बूको पनि प्रमुख भूमिका छ । फिल्ममा आलियाको अभिनयबाट खुसी भएर निर्माताले उनीसँग एकसाथ तीन फिल्म साइन गरिसकेका छन् ।

५. अहान शेट्टी

बलिउडका ठूला निर्मातामा गनिने साजिद नाडियाडवाला पनि अभिनेता सुनील शेट्‌टीका छोरा अहानलाई २०२० मा बलिउडमा लञ्च गर्ने तयारीमा छन् । साजिदले नै सुनील शेट्‌टीलाई पनि १९९३ मा ‘वक्त हमारा है’ मा ब्रेक दिएका थिए । साजिद तेलुगू फिल्म ‘आरएक्स १००’ को हिन्दी रिमेकबाट अहानलाई बलिउडमा डेब्यू गर्र्न लागेका हुन् । फिल्म मेमा रिलिज हुने बताइएको छ ।

६. कीर्ति सुरेश

६६औं नेशनल फिल्म अवार्डमा फिल्म ‘महानती’ का लागि बेस्ट एक्ट्रेसको अवार्ड जितेकी कीर्ति सुरेश पनि २०२० मा बलिउडमा डेब्यू गर्दैछिन्। अभिनेत्री मेनकाकी छोरी समेत रहेकी उनले फिल्म ‘मैदान’ बाट डेब्यू गर्न लागेकी हुन् । तमिल, मलयालम र तेलुगु फिल्ममा अभिनय गरिसकेकी उनी मलयालम फिल्म ‘गीताञ्जली’ बाट पहिलो पटक प्रमुख भूमिकामा देखिएकी थिइन् ।flmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button