खेलकुद

सिटी र लेस्टर क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटीले एफए कपको क्वाटरफाइनलमा स्थान पक्का गर्दा अर्काे प्रिमियर लिग क्लब टोटेनहम हस्टपर प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डे र लेस्टर सिटीले बर्मिङहमलाई समान १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा टोटेनहम नर्विच सिटीसँग पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध हुदै एफए कपबाट बाहिरिएको हो ।

सिटीले घरेलु टोलीमाथि ८० प्रतिशत बल पोजेसन राखेपनि गोल गर्न हम्मे हम्मे परेको थियो । गोल गर्ने दर्जन बढी मौका गुमाएको सिटीले खेलको ५३औं मिनेटमा सर्जियो अगुइरोले गरेको गोल नै निर्णायक बन्यो । अर्काे खेलमा रिकार्डाे पेरेराले खेल सकिन ८ मिनेट बाँकी रहँदा गरेको गोल नै लेस्टरलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो

यस्तै टोटेनहम र नर्विचबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नर्विचका एडम उचे इडाह, मार्काे स्टेपेरमान र टोड क्यान्टवेलले गोल गर्दा केनी म्याक्लिनले गोल गर्न सकेनन् ।

टोटेनहमका इरिक डिएर र जियोभानी लो सेल्सोले मात्रै गोल गर्न सफल भए । इरिक लमेला, ट्रोए पारोट र गेड्सन फर्नान्डेले गोल गर्न सकेनन्। त्यसअघि खेलको १३औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा जान भर्टङहेनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा जोसिप डिर्मिकले बराबरी गोल फर्काए ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button