कला

चर्चित नाटककार टेम्बो लेप्चाको अन्तिम विदाई

सिलगढ़ी: दार्जीलिङका चर्चित नाटककार अनि निर्देशक टेम्बो लेप्चालाई आज अन्तिम संस्कार गरेर विदाइ दिइयो। मनबहादुर मुखियाको नाटक अनि देवराली रुन्छ, शिवकुमार राईको फ्रन्टियर, किरण ठकुरीको कालो गुलाब र ब्यापार लगायत आफ्नै मौलिक नाटक मोनिकामा सफल अभिनय गरेर चर्चामा आएका टेम्बो लेप्चालाई सिलगढ़ीको सालबारी अवस्थित आफ्नो निजी वासस्थानमा परिवार अनि आफन्त तथा इष्टमित्रहरूले आज अन्तिम विदाइ दिए । यस अवसरमा नेपाली कलाक्षेत्रका बरिष्ठ व्यक्तित्वहरू टङ्क शर्मा, कर्म योञ्जन, किरण ठकुरी, खगेन्द्र सुब्बा, पी अर्जुन, मणिकमल छेत्री, जीवन गुरूङ, महेन्द्र प्रधान, दिवस गुरूङ, पुरण गिरी, किशोर सिंह, पुरण गुरूङसहित अन्यको उपस्थिति रहेको थियो ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button