खबर

दिल्ली काण्डको आरोपीलाई पक्राउ गर्ने मागमा र्‍याली

इस्लामपुर : दिल्लीमा भएको हिंसात्मक घटनाका आरोपीहरूलाई पक्राउ गर्ने मागलाई लिएर वाममोर्चा अनि कांग्रेसले संयुक्त रूपमा इस्लामपुरमा प्रतिवाद र्‍याली निकाल्यो। इस्लामपुर बस स्ट्याणडबाट निकालिइएको उक्त र्‍याली राष्ट्रिय राजमार्ग, इस्लामपुर बजार हुँदै शहरको विभिन्न इलाकहरूको परिक्रमा गरेर पुनः बस टर्मिनलमा पुगेर समापन गरियो।

यस र्‍यालीमा माकपाका जोनल कमिटीका सचिव सपन गुहा नियोगी, माकपा इस्लामपुर एरिया कमिटीका सम्पादक विकास दास, डीवाईएफआई-का जिल्ला नेता तापस दास अनि कांग्रेसका ब्लक अध्यक्ष मुजफ्फर हुसेन साथै धेरै संख्यामा कांग्रेस अनि वाम मोर्चाका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button