स्वास्थ्य

सरकारले औषधि नरोक्न भारतलाई पत्राचार गर्ने

भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ ।

भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने भएकाले निर्यात नरोक्न पत्राचार गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले सो निर्णय गरेकोे सञ्चार मन्त्रालयको समेत जिम्मेवारी लिएका अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

उनले हाल नेपालमा कुनै पनि औषधि र कच्चा पदार्थको अभाव नरहे पनि आगामी दिनमा अभाव हुन नदिन नेपालको हकमा निर्यात खोली सहज आपूर्ति गरिदिन भारतलाई आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरिएको बताए । खतिवडाले बजारमा अभाव देखिएको मास्क उत्पादन र आपूर्ति बढाउन निजीक्षेत्रसँग सहकार्य भइरहेको बताए ।  आर्थिक अभियान दैनिक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button