मूल खबर

भुटानमा पनि देखापर्‍यो कोरोना भाइरसको मामिला

सिलगढी : छिमेकी देश भुटानमा पनि कोरोना भाइरसको मामिला पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार भुटान घुम्न आएका एकजना 76 वर्षीय अमेरिकी पर्यटक कोरोना भाइरसले आक्रान्त भएको पुष्टि भएको छ। भुटानमा कोरोना भाइरसको यो पहिलो मामिला हो। तिनी गत 2 मार्चको दिन गुवाहाटीबाट भुटान आएका थिए। भुटानका प्रधानमन्त्री लोटे छिरिङले जारी गरेको एउटा बयानमा यसको पुष्टि गरेको छ। उक्त भाइरस पीडित व्यक्तिको उमेर अनि अवस्थालाई ध्यानमा राखेर अक्सिजनको सहयोगमा राखिएको छ।

जर्मनी नागरिकहरूलाई कोरोना भाइरस नभएको पुष्टि

जयगाउँ : भूटानको फुन्चोलिङ शहरमा हिजो दुईजना जर्मनी नागरिकलाई कोरोना भाइरस भएको सन्देहमा फुन्चोलिङ सरकारी अस्पतालमा राखेपछि तिनीहरूको जाँच गर्दा भाइरस फेला नपरेको बताइएको छ। सूत्रले दिएको जानकारीअनुसार भारत भूटान सीमान्तको सबै गेटमा कोरोना भाईरसबारे जाँच गरेपछि मात्र भुटानमा प्रवेश गर्ने अनुमति दिइँदैछ भने विदेशबाट घुम्न आउनेहरूलाई रोक लगाइएको छ। स्मरण रहोस्, हिजो दुईजना जर्मनी नागरिकलाई जाँच गरिँदा तिनीहरूको तापमान अधिक रहेको थाहा पाएपछि कोरोना भाइरसको आशंका गरेर फुन्चोलिङ सरकारी अस्पताल पुर्याउनको साथै तिनीहरूको जाँच गरिएको थियो। उक्त जर्मनका नागरिक लिएर आएका एकजना सिक्किमका चालक अनि जयगाउँका एकजना सहयोगीलाई पनि भाइरसको सन्देहमा अस्पतालमा लगेर जाँच गरेपछि छोडिदिएको थियो।
ट्रक र ट्रेलर ठोक्किँदा 2 घाइते

राजगञ्ज : सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको बन्दुनगर इलाकामा ट्रक र ट्रेलारको आपस्तमा ठोक्किँदा ट्रक चालक र खलासी गम्भीर घाइते भएका छन्। स्थानीय मानिसहरूले बताएअनुसार एउटा ट्रेलर र ट्रक विपरीत दिशाबाट आइरहेको समय बन्दुनगर नजिक आपस्तमा ठोक्किँदा ट्रक चालक र खलासी गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको साथै आमबारी आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको जनाएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button