
सिर्जना तिम्सिना
गोरखा हंशपुरकी उमा भूजेलले कहिले पनि म पुरुष भन्दा कम छु भन्ने सोचिनन् । उनी जब जनयुद्धमा लागि थुप्रै लडाँईमा प्रत्यक्ष सहभागी भईन् र नेतृत्व क्षमताको पनि विकास गरिन् । उनी जनमुक्ति सेनाको कमिसार समेत भईन् । ५५ सालमा गोरखाको कालिकाटार प्रहरी चौकी कब्जा गर्दा होस् अन्य लडाँईमा उनको भूमिका कहिल्यै कमी थिएन ।
त्यसरी भूमिका निर्वाह गर्ने उमा भुजेल उर्फ शिलु पहिलो पटक राज्यले तात्कालीन माओवादी विरुद्ध व्यापक दमन गरीरहेका बेला ५६ साल कार्तिक १३ गते गोरखाबाटै गिराफ्तार भईन् ।
पक्राउ परेर राज्यको चरम यातना, सिक्रीले बाधेँर राख्दा पनि उनले अर्को युद्धको महसुस गरेर सामना गरिन् तर कहिल्यै झुक्ने कल्पना गरिनन्। उनले गोरखा जेल ब्रेक नामक आफ्नो संस्मरणमा लेखेकी छन् “ दुष्मनको कब्जामा परे पछि जीवनको आशा मरेको थियो । मलाई यस्तो अनुभूति हुन थाल्यो कि मान्छे त मृत्यु टाढा हुदाँ सम्म नै चिच्याउने,डराउने, आत्तिने गर्दोरहेछ तर जब मृत्यु उसकै सन्निकट आईपुग्छ तब उसमा डर होईन आक्रोस, शासह र बदलाभाव पैदा हुँदोरहेछ ” ।
उनको यस्तै प्रेरणाले होला शायद माओवादी विरुद्ध चर्को दमन भईरहेका बेला ५७ साल चैत्र १७ गते गोरखा जेलमा सुरुङ खनेर ४ जना महिलाको नेतृत्व गर्दै बाहिर निस्कन सफल भएकी थिईन् । जसको प्रशंशा, प्रचण्ड, बाबुराम भट्टराई र विप्लवले त्यही संस्मरणको भूमिकामा गरेका छन् । प्रचण्डले आफ्नो मन्तव्यमा शीलुको प्रशंशा गर्दै गोरखा जेल ब्रेक नेपाल र संवभत विश्व क्रान्तिकै ईतिहासमा क्रान्तिकारी युवा महिलाहरुद्धारा प्रदर्शित सिर्जनात्मक पहल कदमीको विरलै उदाहरण हो ।
त्यसै गरी बाबुराम भट्टराईले स्याबास बहादुर छोरीहरु ! शीर्षकमा दिएको मन्तव्यमा जेल ब्रेककी योजनाकार शीलुको प्रशसा गर्दै क्रान्तिलाइ कसैको जेल र गोलघरले छेक्न सक्दैन भनेर लेखेका छन् ।

जनश्रमदान गर्दै उमा भुजेल
नेत्र विक्रम चन्द विप्लवले गोरखा जेल ब्रेक साम्यवादी सपना,आदर्श बिचार, र साहसद्धारा फलामे काडेँबार,तरबार र बन्दुकको पहरामा सुरक्षित किल्ला भत्काईदिएको अभूतपूर्व घटना हो भनेका छन् ।
यसरी नेताहरुकै भाषामा विश्वमा संचार हुन सक्ने खालको जेल ब्रेक गर्न सफल तीनै उमा भुजेल जेल ब्रेक पछि फेरी जनयुद्धको थप जिम्मेवारी हुदैँ अघि बढिन् । ६४ सालमा समानुपातिक सांसाद भईन् ।
हो , तीनै उमाहरुको जेलब्रेक , उनीहरुले सहेका यातना, भोगेका पीडाले प्राप्त उर्जासगँ जोडिएर आयो गणतन्त्र । जनयुद्धको शक्ति र जनआन्दोलनको बलमा राजतन्त्र फ्याकेर गणतन्त्र आयो ।
हो गणतन्त्र ल्याउनै तीनै शिलुहरु , बन्धु चन्द र धीरेन्द्रा उपाध्यायहरु आज जेल र हिरासतमा छन् ।
संयोग नै मान्नु पर्छ पहिला यसरी शुभकामना र विश्वकीर्तिको रुपमा व्याख्या गर्ने प्रचण्डहरु नै अहिलेको शासन सत्ताको मुख्य शक्ति छन् । त्यतिखेरको प्रमुख नेतृत्व मध्यकै एक राम बहादुर थापा बादल गृहमन्त्री छन् । उनैको आदेशमा । प्रहरीले पक्राउ गरेका शिलु अहिले झापाको चन्द्रगढी कारागारमा छिन् । अहिले विप्लव नेतृत्वको नेकपाको केन्द्रीय सदस्य रहेकी उनी मेचीकोशी ब्यूरो ईन्चार्जको रुपमा रहेकी थिईन् । सुनसरीको बराहनगरपालिकाबाट गत पुषमा समातिएकी उनलाई प्रहरीले पेस्तोल बरामद भएको भनेर कागजको खाली ठाँउमा लेखेर जेल पठाउन खोजेको उनको पारीवारीक स्रोतको भनाई छ । तर अदालतले न्याय गरिदियो , केवल १० हजार धरौटीमा उनी सुनसरीबाट छुटिन् । त्यस पछि झापा पुर्यार अर्को मद्धा लगाईयो । त्यस मुद्धामा तोकिएको करीब एक लाख धरौटी बुझाउन नसके पछि उनी अहिले कारागारमा रहेकी छिन् । ५६ सालको अन्तराष्ट्रिय नारीदिवस जेलमा विताएर गणतन्त्रको लागि त्याग गरेकी तिनै नेतृ शीलुलाई गणतन्त्रले पुनः जेल हाले पछि उनको यो अन्तराष्ट्रिय नारीदिवस पनि जेलमै बितेको छ ।
तर उनी जनयुद्धका लक्ष्यहरु पुरा नभएको , मुख्य नेताहरुले धोका दिएको भन्दै एकीकृत जनक्रान्तिको मार्गमा लागेको बताउदै जेल पनि एउटा मोर्चा भएकाले संघर्ष गरिहने बताउने गरेको उनको पारीवारीक स्रोत बताउछ । संयोग त के छ भने शीलुका जीवनसाथी बसन्त श्रेष्ठ प्रज्वलन पनि शीलु भन्दा अघि नै पक्राउ परी लामो समयदेखि जेल तथा हिरासतमा रहेका छन् ।
अहिले देशभर विप्लव नेतृत्वको नेकपामा १३ सय जति नेता कार्यकर्ता राज्यको नियन्त्रणमा छन् । जसमध्य कोही जेलमा , कोही हिरासतमा त कोही मुद्धा समाप्त भए पछि छुट्दै गएका छन् ।
शीलुमा एउटा फलामे दृढता देखिन्छ , नझुक्ने, नगल्ने नथाक्ने र निरन्तर अघि बढिरहने । जस्तो कि जेलब्रेककोको अन्तिम पानामा लेखिएको छ । उडिरह्यौ…..उडिरह्यौं…..अनन्त सम्म ! अनन्त सम्म !
आफ्नै पूर्व सहयोद्धाहरुमाथिको प्रतिवन्ध, दमन र धरपकडको विरोध चौतर्फी भए पनि राज्यले सो पार्टीमाथिको प्रतिवन्ध फिर्ता लिएको छैन । बरु राज्यले ईन्काउन्टरका नाममा सर्लाहीमा कुमार पौडेलको हत्या गरेको छ भने भोजपुरमा नीर कुमार राई र तीर्थ घिमिरेलाई पनि भीडन्तको नाममा मारेको नेकपाको भनाई छ ।
अब शीलु र उनी जस्तै अर्की नेतृहरु बन्धु चन्द, धीरेन्द्रा उपाध्याय लगायतका महिलाहरु जेल हिरासतमा रहेका बेला आजको आठ मार्च महिला दिवस पर्खाल भित्रै वित्ने भएको छ ।mirmireonline/from



