खबर

नेकपाको विवादले बैठक नै प्रभावित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ। उनी अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको हो। गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि मात्र राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ। तर, सरकारले निर्णय नगर्दा गौतम राष्ट्रियसभाको सदस्य बन्ने बाटो खुल्न सकेको छैन।

प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि सचिवालयको बैठक बसे पनि गौतमको विषयमा कुनै खास निर्णय भएन। यता, प्रधानमन्त्री ओली अस्पतालमा रहेकै बेला राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले पुनः अर्थमन्त्री बनाएको छ। तर, प्रधानमन्त्री ओलीले गौतमका बारेमा कुनै निर्णय लिएका छैनन्। गौतमका कारण विवादमा रुमलिएको नेकपाको केन्द्रीय समिति बैठकले गरेको निर्णयसमेत कार्यान्वयन हुन सकेको छैन।

गत माघ २० मा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणको बाँकी काम १५ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको थियो। तर एक महिना पुग्दासमेत उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। नेपाल समाचारपत्रमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button