खबर

४० कामदारलाई कतार एयरवेजले बोर्डिङ पास नै दिएन

काठमाडौँ । विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरुपमा प्रतिबन्ध लगाएको हो।

नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कतारले नेपालीहरुलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन् । कामका लागि कतार हिँडेका उनीहरुलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिए ।

‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाइई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो,’ उनले भने ।

सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ ।

हरेक दिन ३ वटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले लगाएको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ ।नेपाल समाचार पत्रमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button