खबर

फरारविरुद्ध मुद्दा

आम्सटर्डम्स, (एजेन्सी)
सन् २०१४ मा कल साइन एमएच १७ बोकेको मलेसिया एयरलायन्सको उडानमा सवार २ सय ९८ जना यात्रुको हत्या गरेको अभियोगमा नेडरल्यँडमा हाल फरार रहेका तीनजना रुसी र एकजना युक्रेनीविरुद्ध सोमबार मुद्दा शुरू भएको छ।

सो विमानलाई युक्रेनको आकाशबाट खसालिएको थियो। पूर्वीयुक्रेनमा रुस समर्थित लडाकूहरूले कब्जा जमाएको अवस्थामा द्वन्द्व चलिरहँदा उक्त बोइङ ७७७ माथि बक क्षेप्यास्त्र प्रहार गरी खसालिएको अनुसनधानकर्ताहरूले प्रमाणित गरिसकेको छ। उक्त क्षेप्यास्त्र रसियास्थित एक सैनिक अखडाबाट प्रहार गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button