स्वास्थ्य

‘सरकारले जिम्मा लिदैन, सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ’ : स्वास्थ्यमन्त्री ढकाल

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेकालाई जसरी अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार दिएको ध्यानाकर्षण पत्र बुझ्दै ढकालले कोरोना संक्रमणको जोखिममा रहेका अन्य देशबाट उद्दार गरेका सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएका छन् । डब्ल्युएचओको मापदण्ड अनुरुप सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने ढकालले बताए । उनले भने,

‘क्वारेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं । अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो ।’

ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ ।’

मन्त्री ढकालले अगाडि भने ‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहालिन्छ, कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं ।’ सेल्फ क्वारेन्टाइनमा बसेको बेलामा कारोना संक्रमण पोजेटिभ देखिएमात्र सरकारले जिम्मा लिने ढकालले बताए ।

‘ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ । क्वारेन्टाइनमा बस्ने कुराका लागि भने हामीले पहिलेको भन्दा प्रोटोकल चेन्ज गरेका छौं’ उनले भने । यस्तै, ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन प्रयोग हुने मन्त्री ढकालले बताएका छन् ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण नभएको प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button