मूल खबरस्वास्थ्य

दुई युक्रेनी नागरिकलाई काँकरभिट्टा नाकाबाट फिर्ता पठाइयो

मेचीनगर । अत्याधिक ज्वरो आएका दुई युक्रेनी विदेशी पर्यटकलाई आज काँकरभिट्टा नाकाबाट भारततर्फनै फिर्ता पठाईएको छ ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार भारत पश्चिम बंगालको नाका पानीटैंकीबाट नेपाल प्रवेश गरेका दुई युक्रेनी बिदेशी नागरिकलाई काँकरभिट्टा नाकामा रहेको स्वास्थ परिक्षण डेक्समा उनीहरुमा अत्याधिक ज्वरो देखिएकाले यहाँ स्थित अध्यागमन कार्यालयलाई सिफारिस गरिए अनुसार उनीहरुलाई भारत तर्फनै फिर्ता पठाइएको कार्यालयका प्रमुख जनक कोइरालाले जानकारी गराएकाछन् । हामीलाई प्राप्त जानकारी अनुसार युक्रेनी नागरिक एन्नरी ईगिरिन र ओलीन सिम्कोमा उच्चतम ज्वरो देखिएकाले फिर्ता पठाइएको बताइएको छ । नाकामा रहेको हेल्थ डेक्सका अनुसार एन्नरीलाई १सय ३ र ओलीनलाई ९९ फरेनहाइट्स ज्वरो देखिएपछि हेल्थ डेक्सले अध्यागमनलाई कार्यालयलाई जानकारी गराएको थियो ।
ईप्रका काँकरभिट्टा डिएसपी राजेन्द्र पोखरेलले पनि यसको पुष्टि गरेकाछन् ।पोखरेलका अनुसार हेल्प डेक्सको परिक्षणमा उनीहरुमा ज्वरोको मात्रा बढी भएको देखिएपछि दुबैलाई फिर्ता पठाईएको जानकारी आफुलाई आएको उनले बताए । काँकरभिट्टा स्थित अध्यागमन कार्यालयका प्रमुख जनक कोईरालले नाकामा रहेको हेल्थ हेल्प डेक्सले उनीहरुलाई अत्याधिक ज्वरो देखिएको सिफारिस गरेपछि आफुले पनि अनुरोधका साथ उनीहरुलाई फिर्ता जान भनिएको जानकारी दिएकाछन् । दुबै विदेशी पर्यटक युक्रेनी नागरिक भएको बताईएको छ उनीहरु बिहिबार दिउँसो २ बजेर ३५ मीनेटमा नेपाल प्रवेश गरेका थिए भने ३ बजेर ४५ मीनेटमा स्वास्थ परिक्षण पश्चात फिर्ता भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button