
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ । युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो ।
बिहीबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । एकपक्षीय खेलमा पहिलो हाफमा १ गोल सम्भव हुदा दोस्रो हाफमा ४ गोल भएको थियो ।
खेलको २८औं मिनेटमा ओडिन इघलोले गोल गदै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा ड्यानियल जेम्सले अग्रता दोब्बर पारे । ८२औं मिनेटमा हुवान माटाले गोल गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । एन्द्रियस पेरेराले गोल गर्दै म्यानचेस्टरलाई ५–० को सानदार जित दिलाए ।
जितसँगै युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके युनाइटेड अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इंग्ल्यान्डमा दोस्रो लेग हुने सम्भावना न्युन रहेको छ । इंग्ल्यान्डमा अहिले फुटबल गतिविधि बन्द रंगशालामा तथा केही खेलहरु स्थगित भइसकेका छन् ।hamrokhelkud



