स्वास्थ्य

कोरोनाका कारण भारतमा एक जनाको मृत्यु

ऐजेन्सी — कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा एक जनाको मृत्यु भएको छ । कर्नाटक राज्य सरकारले कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेको हो।

राज्य सरकारका स्वास्थ्यमन्त्री बी श्रीरामखुलुका अनुसार कर्नाटकको कलबुर्गीका ७६ वर्षीय पुरुषको कोभिड–१९ को संक्रमणबाट गत मंगलबार मृत्यु भएको हो। भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

ती व्यक्तीको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि सरकारले उनी को–कोसँग सम्पर्कमा थिए भन्नेबारे अनुसन्धान गरिरहेको छ। उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्न थालेको छ। मृत्यु हुने व्यक्ति साउदी अरेबियाबाट फर्किर्एको र यसअघि तेलंगानाको एउटा अस्पतालमा उपचार गराएका थिए।

केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेकाे थियाे।

भारतमा बिहीबार रातिसम्म ५७ भारतीय र १७ विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button