खबर

लोप हुँदै गएका गिद्ध दैलेखमा देखिए

लोप हुँदै गएका गिद्ध देखिन थालेका छन्। मध्य पहाडमा बासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ।

विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै गिद्ध लोप हुँदै गएको छ। गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ।

नेपाल पन्छी संरक्षण संघ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ।

दैलेखमा पन्छी हेर्ने छुट्टै कार्यालय छैन। गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको पशुसेवा कार्यालय प्रमुख कपिल उपाध्यायले बताए। उनले भने, ‘डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन् जसका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो।

दैलेखमा दुल्लु, दैलेख नगरपालिका, महाबु गाउँपालिका आदि ठाउँका सिमल र सल्लाका रूख प्रशस्त मात्रामा पाइने भएकाले पछिल्ला दिनमा गिद्धको सङ्ख्या बढ्दै गएको छ। नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि संघीयतासँगै स्थानीय सरकारले यसबारे चासो बढाएका छैनन्। सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button