खेलकुद

औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित तीन क्लबको कसरत

एजेन्सी – गावोन तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे इमरिक औबामेयाङलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासहित अन्य तीन क्लबको कसरत सुरु भएको छ ।

औबामेयाङ अनुबन्ध गर्न बार्सिलोनासहित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चासो देखाएका छन् । बेलायती पत्रिका दि सनका अनुसार युनाइटेडले औबामेयाङको लागि ५० मिलियन पाउन्ड खर्चने बताइसकेको छ ।

आर्सनलमा औबामेयाङ्को सम्झौता २०२१ सम्म रहेको छ । आर्सनलले उनको सम्झौता नवीकरण नगर्ने मनासय बनाइसकेको छ । यही फाइदा लिने दाउमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र पीएसजी रहेका छन् ।

आर्सनल युरोपा लिगबाट बाहिरीसक्दा प्रिमियर लिगको नवौं स्थानमा छ । औबामेयाङ्लाई आर्सनलले २०१८ जनवरीमा ५६ मिलियन पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमन्डको कीर्तिमानी मुल्यमा अनुबन्ध गरेको थियो ।

म्यानचेस्टर युनाइटेडका ओडिन इघलो लोनमा चिनिया क्लब सांघाई ग्रीनल्यान्ड सिन्हामा रहेको र बर्नमाउथका जोस किङलाई अनुबन्ध गर्न सकेको थिएन । त्यसैले पनि आउदो समरमा युनाइटेड औवामियाङ अनुबन्ध गर्ने दौडमा हुनेछ । युनाइटेड रोमेलु लुकाकु, मार्कुस रासफोर्ड र एन्थोनी मार्सियलको विकल्पको खोजीमा छ । औबामेयाङले यो सिजन ३१ खेलमा २० गोल गरेका छन् ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button