स्वास्थ्य

इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमाभन्दा बढी

काठमाडाैं- इटालीमा काेराेना भाइरस (कोभिड-१९ )काे प्रकाेप दिनदिनै बढ्दै गएकाे छ। इटालीमा कोरोनाका कारण एकै दिनमा ४२७ जनाको मृत्यु भएकाे छ। याे तथ्या‌ंक अहिलेसम्म काेराेनाका कारण मृत्यु हुने बिरामीहरूको संख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी हाे।

इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। याे कोरोना सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३ हजार २४५ जनाको ज्यान गएको बताइएकाे छ।

इटालीमा ५ हजार ३२२ नयाँ संक्रमित फेला परेका छन्। याेसँगै इटालीमा संक्रमितकाे संख्या ४१ अजार ३५ पुगेकाे छ। ४ हजार ४४० जना उपचारपछि निकाे भएका छन्।

मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागू गरिने भनिएको छ। लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ। इटलीका सबै व्यापार व्यवसायहरू बन्द गरिएका छन् भने त्यहाँ मार्च १२ देखि नै देशैभरि सार्वजनिक भेलाहरू निषेध गरिएका छन्।

विश्वभरि काेराेनाबाट २ लाख ४४ हजार ९७३ जना सङ्क्रमित भइसकेका छन्। १० हजार ३३ जनाकाे मानिसको मृत्यु भइसकेको छ। ८७ हजार ४०८ जना उपचारपछि निकाे भएर फर्किएका छन्।

चीनले बुधवार पहिलो पटक कुनै पनि नयाँ सङ्क्रमणका बिरामी नभेटिएको जनाएकाे छ। तर बाहिरबाट चीन भित्रिने ३४ जनामा सङ्क्रमण पाइएकाे थियाे।

तस्बिर एएफपी, swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button