स्वास्थ्य

सिएमएसी हुँदै तीन जना पुगे भरतपुर कोरोना अस्पतालमा, एक जना आइसोलेसनमा भर्ना

शुक्रबारदेखि भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा संचालनमा भएको कोरोना विशेष अस्पतालमा पहिलोपटक तीन जना बिरामी पुगेका छन्।

कोरोनाको आशंका लागेपछि चितवन मेडिकल कलेज (सिएमसी) बाट आज विहान तीन जना बिरामी कोरोना विशेष अस्पतालमा पुगेका हुन् । उनीहरुको ओपीडीमा चिकित्सकहरुले परीक्षण गरेका थिए । तीन जना मध्ये दुई जनाको अवस्था सामान्य देखिएपछि उनीहरलाई औषधि दिएर घर पठाईएको कोरोना विशेष अस्पतालका सदस्य सचिव एवंम प्रवक्ता डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए।

उनले एक जना बिरामीलाई भर्ना गर्नु पर्ने अवस्था देखिएपछि उनलाई तत्कालका लागि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बताए । उनले भने–‘आइसियु वार्ड बनाउने काम भइरहेकोले संक्रमण नफैलियोस् भनेर सुरक्षाका हिसाबले भरतपुर अस्पतालमा पठाएका छौं।’

उता भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले नारायणी अनलाइनसंग कुरा गर्दै एक जना पुरुषको आइसोलेसन वार्डमा उपचार भइरहेको पुष्टि गरे । उनले भने–‘आज बेलुका वा भोलिसम्ममा कोभिड–१९ परीक्षणका लागि नमुना काठमाडौं पठाउँछौं ।’नारायणी अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button