खबर

जेलमुक्त भएर आराम गरिरहेका नेकपा कार्यकर्ता ‘लकडाउन’ कै समयमा गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले प्रेस विज्ञप्ति जारी गरी सरकारले कोरोना महामारी फैलिइरहेको समयमा लकडाउनमा रहेका पार्टी कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै निन्दा र भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी भगवानराजले विज्ञप्ति जारी गरी ९३ दिन जेल–हिरासत बसेर भर्खरै रिहा भई उपचारपछि घरको कामसँगसँगै आराम गरिरहेका एकराज चौधरीलाई प्रहरीले अमानवीय तरिकाले पुनः गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना भाइरस महामारीले सिङ्गो देशलगायत विश्व नै यतिबेला सङ्कटमा परेको छ । यस्तो बेलामा पनि हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने काम रोकिएको छैन । केही दिनअघि ९३ दिन जेल–हिरासतबाट रिहा भएर उपचारपछि घरको कामसँगसँगै आराम गरिरहनुभएका एकराज चौधरीलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । यतिबेला सबै आफ्नो घरमा सुरक्षित बस्न पाउने बेलामा अमानवीय रूपले गरिएको गिरफ्तारीप्रति घोर भत्र्सना गर्दै बिनासर्त तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौँ ।’

विज्ञप्तिमा कोरोना भाइरसको महामारीबाट बच्न आम जनसमुदायलाई सचेत र सतर्क रहन पनि हार्दिक अपिल गरिएको छ ।२०७६, १४ चैत्र शुक्रबार ०७:४० ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button