एजेन्सी – जर्मनी तथा जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक म्यानुयल निउरले आफु लामो समय बायर्न म्युनिखमै रहन चाहेको बताएका छन् ।
३३ वर्षीय निउरको सम्झौता २०२१ सम्म रहेको छ । तर, क्लबले निउरलाई लामो समयको लागि सम्झौता गर्न आनाकानी गर्दा उनको भविष्य अन्योल बनेको छ । क्लबले निउरसँगको सम्झौता त्यसपछि नै अन्त्य गर्न सक्नेछ ।
बिल्डका अनुसार निउरले भने क्लबमा लामो समयको लागि बस्ने मनासय बनाएको र क्लबले सम्झौता थप्नेमा आशावादी छन् । तर, क्लबसँगको संवाद असफल हुने अनुमान गरिएको छ । निउरले बायर्नमा झन्डै एक दशक बिताइसकेको छ ।
२०१४ को विश्वविजेता निउर २०११ मा साल्केबाट बायर्नमा आएका थिए । उनले बायर्नबाट २४१ खेल खेलेका छन् । निउरले बायर्नबाट ७ बुन्डेस लिगा, ४–४ पटक डिएफवी पोकल र सुपरकप, समान एकपटक युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् ।
बायर्नले निउरकै विकल्पमा साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । उनी आउदो समरबाट बायर्नमा हुनेछन् । नुवेलले पाडेरवर्नको युथ टोलीबाट आफ्नो प्रतिभा निखारेका थिए । उनलाई क्लबले निउरको उत्तराधिकारीको रुपमा लिइसकेको छ । त्यसैले पनि बायर्नले निउरको बारेमा कठिन निर्णय लिन सक्नेछ ।
पाडेरवर्नमा नका सहयात्रीले नुवेललाई निउरको उपनाम दिइसकेका छन् । २३ वर्षीय नुवेलले साल्केका लासग यो सिजन २० खेल खेलिसकेका छन् । उनले जर्मनीको यु–२१ टोलीबाट पनि खेलिसकेका छन् ।hamrokhelkud



