मूल खबर

लकडाउनमा कडाइ, काठमाडौंबाट आज बिहानै २०७ जना नियन्त्रणमा

काठमाडौं । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि नियन्त्रण गर्न मंगलबारबाट सरकारले जारी गरेको लकडाउनमा आज पाँचौ दिनबाट थप कडाइ गरि गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन पनि कडाइ गर्दै गएको हो ।

लकडाउनको उल्लंघन गरेको आरोपमा आज शनिबार बिहानै काठमाडौंबाट २०७ जना पक्राउ परेका छन् । महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार १९७ जना पुरुष र १० जना महिला पक्राउ परेका छन् ।

एसपी बोगटीका अनुसारआज बिहानको अप्रेसनमा १९७ जना पुरुष र १० जना महिला गरि जम्मा १०७ जना समातिएका छन् ।’ हिजो शुक्रबार काठमाडौंबाट ७६ जना पक्राउ परेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई सूचित गरिसकेको छ । अहिले सडकमा छिटफुट रुपमा हिँडडुल गर्ने बाहेक अरू देखिएका छैनन् । सवारी साधन पनि एकदम कम चलेका देखिन्छन् ।

नेपालमा अहिलेसम्म चार जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु तीन जनाको देशको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button