
मेचीनगर। कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि सरकारले लागू गरेको लक डाउनको आज शनिबार पाँचौ दिन हो । नेपालको पूर्वी नाका काँकरभिट्टा प्राय ठप्प रहेको छ । छिटफुट रुपमा अत्याबाश्यक कामका लागि साना सवारी साधन चलेका भए पनि सुरक्षाकर्मीको सर्तकताका कारण लक डाउनलाई यहाँका अधिकांश नागरिकले साथ दिएको देखिन्छ । काँकरभिट्टा आसपासका भित्रि क्षेत्रमा पनि लक डाउनको पालना भएको मान्नु पर्छ ।तर, सडक किनारमा रहेर जिवन बिताउनेको कथा लक डाउनमा पनि उस्तै रहेको देखिन्छ । वर्षोँ देखि खुल्ला आकाशलाईनै आफ्नो घर बनाउन बाध्य मानिसहरुको अवस्थाप्रति यहाँको स्थानिय सरकारले खासै ध्यान दिएको पाईदैन । यस क्षेत्र अति बिपन्न नागरिकहरुकोे दैनिकी कष्टकर बन्ने अवस्थामा आउँदा पनि यहाँको स्थानिय सरकारको आधिकारिक धारणा र बिपन्न र अति बिपन्नका लागि मेचीनगर नगरपालिकाको तर्फबाट राहत कार्यक्रम ल्याईएको बुझिएको छैन ।यो समाचार तयार पार्दा सम्म यहाँको स्थानिय सरकारको रुपमा रहेको मेचीनगरपालिकाको कुनै निणर्य आएको छैन । ( हामीले यो भिडियो शनिबार दिउँसो करिब १२ बजे देखि १२ बजेर २० मिनट आसपास सम्मको लिएका हौँ ) ।





