खबर

 न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक नरहेको ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताउनु भएको छ । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गर्नु भएको छ ।

तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ, “न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।” स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सार्नु भएको हो । उहाँले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताउनुभयो।

तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाई प्रति तिब्र असन्तोष व्यक्त गर्नु भएको छ । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नु पर्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा भन्नुभएको छ, “ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी ९यात्रा सम्बन्धी सल्लाह० जारी गर्न आदेश दिएको छु ।”

त्यसलगत्तै सिडिसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ ।

संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ ।

हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button