खबरभिडियो चौतारी

लक डाउनको सातौ दिन नेपालको पूर्वी नाका काँकरभिट्टा

मेचीनगर। कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउनको कन्काई आज सातौ दिन । पूर्वी नाका काँकरभिट्टा सुनसानकै अवस्थामा रहेको छ । अधिकांश नागरिकले लक डाउनलाई आफ्नो सुरक्षाका लागि हो भन्ने सत्यतालाई आफैले मनन गरेको पाईन्छ । बेलुकी पख अत्याबाश्यक समान खरिदका लागि किराना पसलमा केही चहलपहल देखिएता आबाश्यकीय वस्तुको खरिद पश्चात नागरिकले यसको पालना गरेको पाईन्छ । लक डाउनलाई सफल पार्नका लागि यहाँको प्रहरीको पनि सकृयता पाईन्छ । प्रहरीले कोरोना भाइरसको संक्रमण सम्बन्धि सूचनाका साथै लक डाउनलाई पालना गर्न सबैमा अनुरोध समेत गर्दै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button