खबर

राजकुमार ह्यारीको खर्च नबेहोरिने: ट्रम्प

वेलायतका राजकुमार ह्यारी र मेगान क्यानाडाबाट अमेरिका हिंडेको खबर प्राप्त हुनासाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदा तिनीहरुको सुरक्षाको खर्च सरकारले नबेहोर्ने बताएका छन् । ट्रम्पले टिवटरमा लेखेका छन्- ‘ म आफैं संयुक्त अधिराज्यका महारानीका अनन्य मित्र र प्रशंसक हुँ , तर खर्च तिनीहरु स्वयमले ब्यहोर्नु पर्दछ । ’

तर वेलायतका शाही उपाधि त्यागिसकेका चाल्र्स दम्पतीले अमेरिकामा रहँदा सरकारी खर्चमा सुरक्षा लिने आफुहरुको पनि कुनै योजना नभएको स्पष्ट पारिसकेका छन् । अमेरिकामा कोरोना भाइरस फैलिरहेकोबेला यो दम्पति मेगानको गृह राज्य क्यालिफोर्नियामा बस्ने भएका छन् ।एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button