खेलकुद

लिभरपुललाई उपाधि दिनु जाजय हुनेछ !’

एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी महामारीको रुप लिएपछि युरोपका अधिकांश लिग स्थगित छन् । लिग र च्याम्पियन्स लिग स्थगित भएका छन् भने यो वर्ष आयोजना हुनुपर्ने युरो कप अर्को वर्षका लागि सारिएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन अझै कति सयम लाग्ने कुनै यकिन छैन । यस्तोमा प्रिमियर लिगको सिजन पुरा नहुन सक्छ भन्ने शंका पनि गर्न थालिएको छ । यदि सिजन सकिए भने पनि प्रिमियर लिग उपाधि लिभरपुललाई दिनु न्याय संगत हुने म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगनले बताएका छन् ।

इंग्ल्यान्डमा कम्तीमा अप्रिल ३० सम्म फुटबल स्थगित हुने सम्भावना छ । लिग स्थगित हुँदाको अवस्थामा शीर्षस्थानको लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २५ अंकले अगाडी छ । ३० वर्ष यता लिग उपाधि जित्नका लागि अब लिभरपुललाई मात्र २ जितको आवश्यकता छ । तर यूईएफएले सिजन पूरा नभएको अवस्थामा च्याम्पियन र रेलिगेसन तय गर्न नसकिने प्रष्ट पारेको छ । यसअघि नै इंग्लिस फुटबलको तल्लो श्रेणीमा बढुवा भइसकेको अवस्थामा पनि लिग रद्द गरेर च्याम्पियन र रेलिगेसन प्रावधान हटाइएको छ ।

सिजन यसैमा टुंगिएको अवस्थामा लिभरपुललाई उपाधि दिँदा के होला भन्ने प्रश्नमा जर्मनी अन्तर्राष्ट्रिय २९ वर्षे गुन्डोगुनले भने, ‘मरो लागि त्यसमा कुनै समस्या छैन । त्यो ठिकै हो । प्रिमियर लिगका क्लबबीच अप्रिल ३ गते बैठक छ । त्यो बैठकले कम्तीमा अप्रिलको अन्त्यसम्ममा फुटबल स्थगित राख्ने सम्भावना छ ।’hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button