खेलकुद

बार्सिलोनाका खेलाडी पारिश्रमिक कटौतीमा सहमत

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडी समेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो । तर, पछि खेलाडीहरुले क्लबको अवस्थालाई मध्यनजर गर्दै ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि सहमत भएका हुन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्ने उपायको खोजी गर्दा ढिला भएको बताए । यसअघि इटालियन क्लब युभेन्टस, जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए ।

स्पेन ११ अप्रिलसम्म लकडाउन गरिएको छ । कोरोनाको कारण स्पेनमा ७ हजार बढीले ज्यान गुमाइसकेको छ । स्पेनमा पनि विशेष गरी क्याटलान क्षेत्र बढी प्रभावित छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button