ललितपुर ।विश्वभरी कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ ।कोरोना भाइरस संक्रमण कारण इटाली, चिन, अमेरिका लगायत विश्वभरीमा ४७ हजार मानिसको मृत्यु भइसकेको छ ।

उक्त भाइरसको संक्रमणका कारण अहिलेसम्म इटालीमा सबैभन्दा बढि १३ हजार मानिसको ज्यान गएको छ । यसै गरि स्पेनमा पनि ९ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै अमेरिकामा ५ हजार भन्दा बढिको मृत्यु भएको छ भने फ्रान्समा ४ हजार बढिको मृत्यु भएको छ । यस्तै चिनमा ३३ सय र इरानमा ३ हजार बढिको मृत्यु भएको छ । बेलायतमा पनि मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । उता जर्मनमा जर्मनीमा करिब १ हजारको मृत्यु भएको छ । भाइरस संक्रमन हुनेको संख्या विश्वभरी ९ लाख बढि पुगेका छन् । ति मध्ये सबैभन्दा बढि अमेरिकामा मात्र २ लाख मानिस संक्रमित छन् ।




