एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को सिजन युभेन्ट्सबाट पाउलो डिबालालाई भित्राउन प्रयास गर्ने भएको छ । अर्जेन्टिनी फरवार्डले युभेन्ट्ससँग नयाँ सम्झौता गरि नसकेका कारण पिएसजीले उनलाई भित्राउने चासो देखिएको छ । तथापी युभेन्ट्स भने उनीसँग नयाँ सम्झौता आशावादी छ ।
डिबालाका एजैन्ट जर्ज अन्टुनले युभेन्ट्ससँग नयाँ सम्झौताका बारेमा छलफल भइरहेको बताएका छन् । तर, बार्षिक पारिश्रमिकनै छलफलको मुख्य विषय रहँदै आएको छ । डिबालाले १२ मिलियन युरो माग गरिरहँदा युभेन्ट्स भने बार्षिक १० मिलियन युरोमा मनाउने प्रयासमा छ ।
पिएसजीका स्टारद्वय नेयमार र केलियन एमबाप्पेले आउने सिजन फ्रान्सेली च्याम्पियन छाड्ने सम्भावना छ । यदि उनीहरुले छाडे भने क्लबले नयाँ खेलाडी लिनै पर्ने हुन्छ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर उनको माग अनुसारको पारिश्रमिक दिएर डिबालासँग लामो सम्झौता गर्ने पक्षमा छन् ।
डिबाला यो सिजन युभेन्ट्समा उच्च फर्ममा छन् । त्यसैले क्लब उनी जस्तो महत्वपूर्ण खेलाडीलाई गुमाउन चाहदैन । २६ वर्षे स्टारको युभेन्ट्सको अहिलेको सम्झौता सन् २०२२ सम्म छ । क्लबले उनले थप सम्झौताका लागि मनाउने विश्वास लिएको छ ।hamrokhelkud



