खेलकुद

नेपाली गल्फर प्रतिमा फोर्ब्सको सूचीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला गल्फर प्रतिमा शेर्पा विश्वकै प्रतिष्ठित फोर्ब्स पत्रिकाले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् ।

फोर्ब्सले बिहिबार सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सुचीमा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा अटाएकी हुन् । प्रतिमा हाल अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी छिन् । उनले नेपालकै पहिलो व्यावसायिक गल्फर बन्ने लक्ष्य राखेकी छिन् ।

सान्टा बारबार सिटीमा पढिरहेकी प्रतिमा त्यहाँ प्रस्थान गर्नुअघि नेपालको नम्बर एक महिला गल्फर थिइन् । एमेच्योर गल्फर शेर्पाले नेपालमा रहँदा थुप्रै सोसियल गल्फ प्रतियोगिता जितेकी थिइन् । अमेरिकामा रहेका कारण उनले १३ अौं दक्षिण एसियाली खेलकुदमा भने सहभागिता जनाइनन् । नेपालको महिला टोलीले सागमा कास्य पदक हासिल गरेको थियो । टोलीमा रविना श्रेष्ठ, कश्मिरा शाह र सुष्मा कोइरालाले प्रतिस्पर्धा गरेका थिए ।

फोर्ब्सको सूचीमा प्रतिमासहित नेपालका ६ जना निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी अटाएका छन्। प्रतिमाबाहेक अन्य सबै युवा उद्यमी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button