मूल खबर

‘ हामीले चालक र सहचालकको स्वास्थ्य परिक्षण पश्चात मात्र सवारी छोड्ने गरेकाछौँ ’मेची भन्सार प्रमुख — ध्रुबराज विश्वकर्मा

मेचीनगर । नेपालको पूर्वी नाका काँकरभिट्टाबाट नियमित रुपमा जस्तो बिभिन्न वस्तुहरु नेपाल प्रबेश गर्ने गरेकाछन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल भारत सरकारले लक डाउन गरेपछि अहिले केही मात्रामा मात्र वस्तुहरु आयात भएको मेची भन्सार प्रमुख धु्रबराज विश्वकर्माले चौतारी पोष्ट अनलाइनलाई बताए ।
बुधवार स्थानिय केही अगुवाहरुले मेची भन्सारमा दर्जनौँको संख्यामा पथ्थर कोइला बोकेका मालबहाक सवारी प्रबेश गरेको र त्यसले कोरोना संक्रमणको नियन्त्रणमा असर पार्न सक्ने चिन्ता सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेपछिचौतारी पोष्ट अनलाइनले यस विषयमा प्रमुख भन्सार अधिकृत विश्वकर्मासँग जिज्ञासा राख्दा उनले लक डाउनको समयमा आबाश्यक सबै सुरक्षात्मक प्रकृया पुरा गरेर मात्र सवारी साधन छाड्ने गरेको बताए । अधिकृत विश्वकर्माले सवै प्रकारका वस्तुहरु मिश्रित रुपमा आउने र भन्सारले चालक र सहचालकको स्वास्थ्य परिक्षण गर्नुका साथै उनीहरु भन्सारमा रहन्जेलको समयमा पनि स्वास्थ्य सुरक्षाका सबै प्रकृया पुरा गर्न लगाएको जिकिर गरे ।कोइलाका विषयमा उनले सो समान तेस्रो मुलूकबाट आएको र लक डाउनको समय अघिनै ती सवारी हिडेकाले भारत सरकारले पनि रोक्न नमिल्ने हुनाले नेपाल प्रबेश गरेको उनले बताए ।
स्थानिय नागरिकको कोरोना संक्रमणको चिन्ताको विषय सोधीएको एक प्रश्नमा भन्सार प्रमुख विश्वकर्माले भने— ‘हामी यो मानवीय संवदेनशिलताको विषयमा एकदमै गंभीर रहेकाछौँ , हामी स्वयम् पनि संक्रमणको शिकार हुन सक्ने कुरामा समेत हामी सचेत रहेकाले हाम्रो प्रयासबाट हुने सबै सुरक्षात्मक विधी अपनाएर मात्र हामीले भन्सारबाट सवारी साधन छोड्ने गरेकाछौँ ’।
उनले आफुलाई उपल्लो तहबाट आयातका समान रोक्न कुनै निर्देशन नआएको र कानूनत प्रकृया पुरा गरेर मेची भन्सारमा मात्र होइन देशका अन्य भन्सारमा आएका वस्तु रोक्न भन्सारले नमिल्ने भएकाले प्रकृया पुरा गरेर छोडिने समेत बताए । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेको लक डाउन र स्वास्थ्य संवेदनशिलताका विषयमा चौतारी पोष्ट अनलाइनको एक जिज्ञासामा अधिकृत विश्वकर्माले मेची भन्सारले यो संवेदनशिलतालाई उच्चताका साथ पालना गरेको समेत जिकिर गरे । ‘ लक डाउनको महत्वलाई आत्मसात गरेर हामीले मेची भन्सार परिसरमा अपनाउनु पर्ने विषय र सवारीका चालक र सहचालकको स्वास्थ्य परिक्षणमा गंभीर बनेकाछौँ र सोही अनुसार गरेका पनि छौँ’।


दर्जनौँको संख्यामा भन्सार परिसरमा रहने सवारी चालक र सहचालकका कारण लक डाउनको पालना हुन्छ ? भन्ने हाम्रो प्रश्नमा प्रमुख अधिकृत विश्वकर्माले भने ‘ अत्यन्तै सावधानी र होसीयारीका साथ भन्सार परिसरमा उनीहरुलाई राख्ने ब्यवस्था गरेकाछौँ र उनीहरुलाई तत्काल कुनै वस्तुको आबाश्यकता परेमा त्यसको ब्यबस्थापन पनि भन्सारलेनै गरिदिने ब्यबस्था गरेकाछौँ । उनीहरुलाई हामीले यहाँ प्रबेश गरेपछि तोकीएको स्थानबाट यताउता गर्न निषेध जस्तै गरेकाछौँ ’ । नियमत तेस्रो वा दोस्रो मुलूकबाट आएका मालबाहक सवारी साधनलाई भन्सारले प्रकृया पुरा गरेर छोड्नुलाई अन्यथा मान्न सकिदैन तर कोरोना भाइरसको संक्रमणका कारण आज विश्वमै भयावह अवस्था आएको विषयलाई समेत कसैले नजरअन्दाज गर्न मिल्दैन । भन्सार प्रमुख विश्वकर्माले मेची भन्सारले आबाश्यक स्वास्थ्य सुरक्षाका सबै प्रकृया पुरा गरिने बताएता पनि अधिकांश सवारीका चालक र सहचालकले लक डाउनलाई पालना गरेको हाम्रो स्थलगत रिर्पोटिङका क्रममा देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button