कला

बलिउड फिल्म निर्माता करीम मोरानीमा कोरोना पोजेटिभ

मुम्बई – बलिउड फिल्म निर्माता करीम मोरानीमा कोरोना भाइरसको लक्षण देखिएको छ । केही दिनपहिले उनकी छोरी शाजा र जोयामा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।यसअघि गायिका कनिका कपूर, कलाकार पूरब कोहलीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो।कनिका कपूर भने पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

शाजा मोरानी र बहिनी जोया मोरानीमा ६ अप्रिलमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । पारिवारिक रिपोर्ट अनुसार करीमकी पत्नी र कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ ।शाजा र जोयाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button