खेलकुद

ग्रिजमन र मार्टिनेज साटफेरको प्रस्ताव

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले आफ्ना अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज र बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनसंग साटफेर गर्ने प्रस्ताव अघि सारेको छ ।

स्पेनिस क्लब बार्सिलोनाले यस समर ट्रान्सफरमा लिन चाहेको अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई इन्टरले ग्रिजमनसँग साटफेर गर्ने प्रस्ताव अघि सारेको हो । बार्सिलोनाले मार्टिनेजलाई उरुग्वेली फरवार्ड लुइस सुआरेजको विकल्पमा अनुबन्ध गर्ने योजना बनाइरहेको छ । एक रिपोर्टका अनुसार बार्सिलोनाले मार्टिनेज अनुबन्धमा आर्टुरो भिडाललाई समेत समावेश गर्ने योजना छ ।

२२ बर्षीय मार्टिनेज २ वर्षअघि १९ मिलियन पाउण्डमा अर्जेन्टिनी क्लब रेसिङ क्लबबाट इटाली आएका थिए । उनको इन्टरसँगको सम्झौता अझै तीन बर्ष बाँकी छ । इटालियन मिडियाका अनुसार इन्टर भने ग्रिजमनसँग साटफेर गर्ने सर्तमा मार्टिनेज बाहिर पठाउन राजी हुन सक्छ ।

यस्तै बार्सिलोनाले अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई अनुबन्ध गर्ने सर्तमा आर्टुरो भिडाललाई इटाली पठाउन तयार देखिएको छ । बार्सिलोनाले मार्टिनेजलाई ९७ मिलियन पाउण्ड खर्चने योजना छ । जसमा ग्रिजमन र भिडाल पनि समावेश हुन सक्नेछन् ।

इन्टर आफ्ना महत्त्वपूर्ण फरवार्ड बेच्ने पक्षमा छैन । मार्टिनेजले यस सिजनमात्र सबै प्रतियोगितामा १६ गोल गरेका छन् । सिरी ‘ए’ लिगमा मार्टिनेज इन्टरका मुख्य हतियार बनेका छन् । मार्टिनेज भने बार्सिलोना आउन इच्छुक रहेको बुझिएको छ ।

फ्रान्सेली फरवार्ड ग्रिजमन गत समरमा १ सय ८ मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट नोउ क्याप आएपनि उनले बार्सिलोनामा प्रभाव जमाउन सकेका छैनन् । त्यसैले पनि बार्सिलोना ग्रिजमनलाई बेच्ने योजनामा छ । उनले ३७ खेलमा मात्र १४ गोल गरेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button