खेलकुद

बायर्न र नुयोरबीच सहमति हुन सकेन !

एजन्सी – गोलकिपर म्यानुयल नुयोर र बायर्न म्युनिखबीच नयाँ सम्झौताका विषयमा भएको छलफल अहिलेका लागि विना सहमति टुंगिएको छ। झन्डै दशकयता बायर्नको पोष्ट सम्हालेका नुयोरको क्लबसँगको सम्झौता सन् २०२१ सम्म छ ।

त्यसको पृष्ठभुमीमा सम्झौता नविकरणका लागि भएको छलफल सुखद भने हुन सकेन । जर्मनी राष्ट्रिय टोलीका समेत गोलकिपर रहेका नुयोरको शर्तलाई क्लबले अस्वीकार गरेपछि नयाँ सम्झौताका विषयमा सहमति हुन नसकेको बताइएको छ ।

नुयोरले सिजनको २० मिलियन युरोका साथै २०२५ सम्म सम्झौता गर्नुपर्ने शर्त राखेको बताइएको छ । तर क्लबले भने उनीसँग २०२३ सम्म मात्र सम्झौता गर्न चाहेको थियो । यहि अवस्थामा छलफल टुंगिएपछि जर्मनी टोलीका सफल गोलकिपरको भविष्य बायर्नमा अन्योल देखिएको छ ।

बायर्नले क्लबको भविष्य मध्यनजर गर्दै साल्काका गोलरक्षक एलेक्जेन्डर नुबेललाई भित्राउने सहमति गरिसकेको छ । क्लबले यसका बाबजुद नुयोरलाई सम्झौता नविकरण गर्ने अवसर दिएको थियो ‌। सम्भवत नुयोरले सम्झौता नविकरण नगरे क्लबले दोस्रो रोजाइको गोलरक्षक खोज्न बजार पस्नुपर्ने हुन्छ । नुयोर पनि साल्काबाट नै बायर्न आएका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button