खबर

कोरोना सङ्क्रमण बढ्दै, वली सरकार भने नेकपाका नेता–कार्यकर्ता गिरफ्तार गरी जेल र हिरासत सार्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका ३ नेतालाई मङ्गलबार प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’, पार्टीका तत्कालीन रोल्पा जिल्ल इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ र पोष्टमान घर्तीमगरलाई दाङ जिल्ला अदालतमा धरौटी दाखिला गरी रिहा हुन खोज्दा प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

लामो समय घोराही हिरासतमा रहेको बेला यसअघि नै दाङ देउखुरी जिल्ला अदालतले प्रतिव्यक्ति १५ हजार धरौटीमा सबैलाई रिहा गर्न आदेश दिएको थियो तर त्यतिबेला धरौटी नराखेको भन्दै पुनः गिरफ्तार गरेर दाङ कारागार, त्यसपछि रोल्पा कारागार हुँदै फेरि तुलसीपुर कारागार ल्याएको थियो । तीनजनालाई मङ्गलबार धरौटी दाखिला गरी रिहा भइसकेको समयमा गेटभित्रैबाट पुनः गिरफ्तार गरेर बाँके जिल्ला लगिएको छ ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढिरहेको समय अधिकांश देशहरूले ठूलाठूला मुद्दाका कैदीबन्दीलाई समेत रिहा गरिरहेको समयमा दाङमा भने राजनीतिक आस्थाका बन्दीहरूलाई पनि अमानवीय तरिकाले प्रहरीले पुनः गिरफ्तार गरेर एक जिल्लाबाट अर्को जिल्ला लगेको छ। राप्ती ब्युरो बैठकबाट गत असोज २९ गते दाङको राजपुर मुङ्ग्रेठामा गिरफ्तार गरिएका २१ जनामध्ये उनीहरू तीनजना पनि थिए ।

लकडाउन भएको बेला सबै आआफ्नो घर तथा ठाउँमा सुरक्षित भएर बस्ने समयमा गरिएको पुनः गिरफ्तारीप्रति नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी भगवानराजले घोर भत्र्सना गर्दै सम्पूर्ण राजबन्दीहरूको स्वास्थ्यमाथि खेलबाड नगर्न आग्रह गरेका छन् ।

जताततै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको समयमा पनि बिनाकारण पटकपटक गिरफ्तार गरिनुलाई वर्तमान दलाल सरकार नागरिकप्रति गैरजिम्मेवार रहेको छर्लङ्ग भएको प्रतिक्रिया उनले दिए ।

नेपाल कम्युनिस्ट पार्टीले कोरोना प्रकाप नियन्त्रण नभएसम्मका लागि प्रतिरोधबाहेक सङ्घर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरिसकेको अवस्थामा अहिले पनि नेकपाका सयौँ नेता–कार्यकर्तालाई देशका विभिन्न जिल्लामा जेल र हिरासतमा बन्दी बनाइरहेको छ ।२०७७, ३ बैशाख बुधबार ०९:३६ ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button