स्वास्थ्य

दुई घरपालुवा बिरालामा देखियो कोरोना संक्रमण

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा दुई घरपालुवा बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएकोपुष्टि भएको छ ।

अमेरिकामा घरपालुवा जनावरमा कोरोना भाइरस देखिएको यो पहिलो घटना हो । विरालोमा श्वासप्रश्वास समस्या देखिएपछि उपचारका लागि पशु अस्पताल लगिएको थियो । अमेरिकी कृषि डिपार्टमेन्टले बिरालोहरुमा मानिसबाट नै कोरोना संक्रमण भएको आशंका गरेको छ ।

यसअघि बाघ र कुकुरमा समेत कोरोना संक्रमण भेटिइसकेको छ ।newsofnepal,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button