स्वास्थ्य

कोरोना अपडेट : मृतकको संख्या २ लाख २ हजार, के छ सार्क राष्ट्रको अवस्था?

काठमाडौं– विश्वमा कारोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २ हजार नाघेको छ।

नेपाली समय अनुसार आइतबार बिहान ७ बजे सम्मको तथ्यांक अनुसार विश्वभरमा २ लाख २ हजार ८ सय ३२ जनाले ज्यान गुमाइसकेका छन्।

२४ घण्टामा संसारभर ६ हजार भन्दा बढी मानिसले ज्यान गुमाएको तथ्यांक रेहेको छ।

अमेरिकामा सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। अमेरिकामा ज्यान गुमाउनेको संख्या ५४ हजार २ सय ५६ पुगेको छ। अमेरिकामा २४ घण्टामा २ हजार बढी मानिसले ज्यान गुमाएका थिए।

त्यस्तै इटालीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४, युकेमा २० हजार सय १९ जनाले ज्यान गुमाइसकेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २८ लाख ९६ हजार ६ सय ३३ पुगेको छ। २४ घण्टामा संसारभर ९० हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा एकै दिनमा ३५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ९ लाख ३६ हजार ६ सय १६ पुगेको छ।

त्यस्तै स्पेनमा २ लाख २३ हजार ७ सय ५९, इटालीमा १ लाख ९५ हजार ३ सय ५१, फ्रान्समा १ लाख ६१ हजार ६ सय ४४, जर्मनीमा १ लाख ५६ हजार ४ सय १८, युकेमा १ लाख ४९ हजार ५ सय ६९ , टर्कीमा १ लाख ७ हजार ७ सय ७३ जना मानिस संक्रमित भएका छन् ।

विश्वमा उपचार पछि निको भएर घर फर्किनेको संख्या ८ लाख १६ हजार ५ सय ३७ पुगेको छ।

जर्मनीमा १ लाख ९ हजार ८ सय, अमेरिकामा १ लाख १ सय ४जना, स्पेनमा ९५ हजार ७ सय८, चीनमा ७८ हजार १ सय ३८, इरानमा ६८ हजार १ सय ९३, इटालीमा ६३ हजार १ सय २० जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सार्क देशको अवस्था
भारतमा शनिबार १ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ४५ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। मृत्यु हुनेको संख्या ८ सय २५पुगेको छ। ५ हजार ९ सय ३९ जना मानिस निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा एकै दिनमा ७ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। शनिबार पाकिस्तानमा १६ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १२ हजार ७ सय २३ पुगेको छ। २ सय ६९ जना मानिसको मृत्यु भइसकेको छ। २ हजार ८ सय ६६ जना मानिस उपचार पनि निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा शनिबार ३ सय ९ जना मानिस संक्रमित भएका छन् भने ९ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ४ हजार ९ सय ९८ पुगेको छ। १ सय ४० जनाको मृत्यु भइसकेको छ। १ सय १३ जना मानिसलाई निको भइसकेका छन्।

अफ्गानिस्तानमा शनिबार १ सय १२ जना नयाँ बिरामी भेटिएका छन् भने ४ जनाको मृत्यु भएको छ। यो सँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ४ सय ६३ पुगेको छ। ४७ जनाको मृत्यु भइसकेको छ। १ सय ८८ जना मानिसलाई निको भइसकेको छ।

श्रीलंकामा शनिबार ३५ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ५२ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय १८ जना मानिस उपचार पछि घर फर्किसकेका छन्।

माल्दिभ्समा शनिबार ४८ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या १ सय ७७ पुगेको छ। १७ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। १६ जना निको भइसकेका छन्।
भुटानमा ७ जना संक्रमित भएका छन्। ३ जना निको भएर घर फर्किसकेका छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button