भिडियो चौतारीस्वास्थ्य

अहिले स्वास्थ्य मन्त्रालय सुस्त भयो : डा बाबुराम मरासिनी

लकडाउन खुकुलो बनाउनुपर्छ

हाम्रो पालामा स्वास्थ्य मन्त्रालयले अलि चाँडो काम गथ्र्याे। अरु मन्त्रालय भन्दा स्वास्थ्य मन्त्रालय एक कदम अगाडि थियो। अरु मन्त्रालयले यो काम गर्नु प¥यो भन्दा स्वास्थ्य मन्त्रालयले तयार बनाइसकेको हुन्थ्यो। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगहरु छक्क पर्थे।

त्यो भन्दा अहिले स्वास्थ्य मन्त्रालय सुस्त देखिएको छ। त्यो बेलामा विभिन्न निकायसँगको समन्वय धेरै राम्रो थियो। एउटा चिकित्सको उपाधिमा समस्या आयो भने स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सील, संघ, त्रिवि शिक्षण संस्थाको डिन, लोक सेवा आयोगको प्रतिनिधि बोलाएर समस्या पर्‍यो, कसरी समाधान गर्ने भनेर राय खोज्थ्यो। तुरुन्त समस्याको समाधान हुन्थ्यो। त्यो दुईटा काममा अहिले मन्त्रालय कमजोर हँदै गएको देखेको छु। अहिले पलिाको भन्दा मन्त्रालय सुस्त भएको छ। समन्यनको काममा पनि पछि परेको जस्तो देखिन्छ।

हामी उच्च जोखिमा छौँ। उत्ततरि १८ सय किलोमिटर छ बोर्डर जोडिएको। तर, चिनजस्तो भारत छैन। संक्रमण फैलिने भनेको भारतबाट नै हो। पहिला सार्स पनि सुरुमा चीनबाट फैलिएको हो। त्यसपछि क्यानाडामा फैलियो तर नेपालमा छिरेन।

मर्स कोरोना भाइरस पनि चीनमा फैलीयो नेपालमा आएन। डेंगु, कालाजार भारत हुँदै नेपाल छिरेको थियो। सरुवा रोग दक्षिणबाट उतरतीर लागेको देखिन्छ। नेपल र भारतको सिमामा बस्ती नजिक नजिक छ। आवत जावत पनि बढी हुन्छ नियन्त्रण कतै छैन।

नियन्त्रण गर्छु भनेपनि सिमा नियन्त्रण हुने वाला छैन। सिमाबाट मानिस दिउसो छिर्न दिएन भनेपनि सजिलै आउँछन्।

अहिलेको लागि भारतबाट जोखिम छ। धेरै मानिस आउनु पनि पर्दैन, एउटा मात्र बिरामी आएपनि पुग्छ। यो रोगबाट अहिले संसारनै उच्च जोखिममा छ। नेपालीहरु पनि उच्च जोखिममा नै छौँ।

के कारणले संक्रमण कम भयो?
केही न कही कारणले नेपालीमा संक्रमण हुनबाट रोकेको छ। हुन त यो एउटा परिकल्पना मात्र हो। नेपालको संस्कारले गर्दा पनि होला, अहिले पनि धेरै जनाले हात जोड्छन्। गला मिलाउने हात मिलाउने चलन छैन। बिहानबेलुका खाना खानु भन्दा अगाडि हात धुन्छन् पानीले भएपनि। धेरैजसो नेपालीहरुले हातले नै खान्छन्। काँटाचम्चा कमै प्रयोग गर्छन्। काँटाचम्चा प्रयोग गरेपछि कहिलेकाहिँ अल्छी लाग्यो भने हात नधोइकन खाने गर्छन्। हातले खाने भएपछि हात धुन अनिवार्य जस्तो देखिन्छ।

हात मिलाउने चलन पछि मात्रै फैलिएको हो। विदेशतिरका रेलले कहिल्यै घामको मुख देखेका हुँदैनन्। सफा गर्न पनि सम्भव छैन। बार समाउनु पर्ने हुन्छ नभएर हल्लाउँछ। धेरै मान्छेले खोकेर त्यही बार समाउने गर्छन्। त्यहीँबाट एकबाट अर्कोमा सरेको हुन सक्छ। हाम्रोमा त्यस्तो छैन। यहाँ नेपालको लोकल गाडीमा टुरिस्ट चढ्दैनन् तर विदे सबैजना एउटै रेलमा चढ्ने गर्छन्।

रेल चढ्दा त्यहीँबाट संक्रमण फैलिएको जस्तो लाग्छ मलाई। लिफ्टको प्रयोग गर्दा पनि कसैलाई लागेको छ भने त्यहाँबाट पनि सर्न सक्छ।

त्यहाँका मानिसले सार्वजनिक शौचालय बढी मात्रमा प्रयोग गर्छन्, कसैलाई संक्रमण भएको छ भने शौचालयको ढोका खोल्दा, लगाउँदा पनि धेरै मानिसमा संक्रमण फैलन सक्छ।
नेपालमा जस्तो शौच गरिसकेपछि पानीले धुने हुँदैन। ट्वालेट प्रेपर प्रयोग गर्छन् र कुनै कुनैले हातै नधोइकन पनि हिँड्न सक्छन्।

अर्को चर्चामा आएकोे भनेको बिसिजी खोप हो। अल्प विकासित देशहरुले बिसिजी खोपहरु लगाए। फाइदा बेफाइदा हेरेर भन्दा पनि टिबी छेक्ला भनेर लगाए। १९६० देखि लगातार लगाए। दोस्रो विश्वयुद्धपछि आर्थिक स्थीति राम्रो भयो। बेरोजगारी घटेर गयो खानपीन राम्रो भयो, त्यसैले टिबी पनि घटेर गयो।

यो खोप १९२८ तीर फ्रान्समा बनाएको हो। सबै देशलाई लगाउ भनेर भनेर भनिएको थियो तर कति देशहरुले मान्यता दिएनन् तर तेस्रो विश्वयुद्धका देशहरुले यो खोप लागए हाम्रो देशमा अहिले पनि लगाएका छन्। जन्मेको ६ हप्ताभित्र यो खोप दिइन्छ। युरोप एशियन मुलुकमा किन कम भयो भन्दा त्यही बिसिजी खोपको कारणले हुन सक्छ। इरानमा १९८० पछि मात्र बिसिजी खोप दिइएको रहेछ। त्यो भन्दापहिले नदिएको हुँदा इरान धेरै पिडित भयो।

मध्य पूर्वका देशमा लगाएको हुँदा कोरोनाको संक्रमण कम भयो। बिसिजी खोप लागाउने देशमा बिरामी र मृत्युदर १० गुण बढी भन्ने तर्क आएको छ।
अस्ट्रेलियामा अनुसन्धान सुरु गरिएको छ। नर्स र चिकित्सलाई खोपहरु दिएर यसको प्रभाव कस्तो हुन्छ भनेर हेर्न खोज्दै छन्। मेरो विचारमा हाम्रो परम्पराले पनि यो रोग लाग्न नदिएको हो कि जस्तो पनि लाग्छ।

अमेरिकामा पनि एउटा मात्र मान्छे गएर अरुमा फैलिएको हो। इटालीमा पनि एउटा मात्र मान्छे गएर अरुमा फैलिएको हो। हाम्रोमा धेरैजना चीनबाट आएका थिए तर त्यताबाट सर्न।

लकडाउन खुकुलो बनाउनुपर्छ
नेपालभित्र लकडाउन खोलेर भित्र खुकुलो बनाउानु पर्छ किनभने खुकुलो बनाइएन भने हामी निसासिहाल्छौँ।

हाम्रो अर्थतन्त्र निस्सासिएपछि नेपालीहरु यसै पनि निसासिन्छन्। अहिले दुर्गम क्षेत्रमा असर देखिन थाल्यो। बिस्तारै बिस्तारै खाद्यान्न, औषधिको कमी हुँदै जाने यसको मतलब रोग बिस्तारै बढ्दै जाने हुन्छ।

लामो समयसम्म लकडाउन राखि राख्ने समस्याको समधान होइन। अहिले ठिकै छ तर लामो समय लम्ब्याउन पर्दैन। मानव स्वास्थ्यलाई पन िहेर्नुपर्छ र आर्थिक विकासलाई पनि हेर्नुपर्छ। ब्यालेन्स गर्दै लैजाने ठाउँ छ। सरकार दुइवटा कुरामा सरकारको ध्यान पुगेको छैन। मानिसहरुलाई यो कसरी सर्छ भन्ने कुरो क्लियर छ जस्तो लागेको छैन।

फैलिन नदिन के गर्ने ?
मुखमा हात लैजानु हँुदैन हात धुनुपर्छ भन्ने कुरा त सिकाएका छौँ तर अझैैपनि पसलमा गएर भीडभाड गरिन्छट। एक मिटरको दूरी कायम गर्नुपर्छ भन्ने सिस्टम छैन।
सार्वजनिक स्थानमा थुक्न पाइँदैन। तराइतिर यस्तो व्यापक छ। पान खाएर जहाँ पाउो त्यहीँ थुक्ने चलन छ। यसे भोलि समस्या सिर्जना गर्न सक्छ। भारतमा त्यसरी थुक्यो भनेर आलोचना भएको छ।

लाइनमा बस्न सिकाउनु पर्छ। कुनै–कुनै देशले दुईजना भन्दा हिँड्न नपाइने व्यवस्था गरेका छन्। यस्तो कुरामा ध्यान दिएर खुकुलो बनाउँदै लैजानु पर्छ। लकडाउन गरेर मात्र हुँदैन, रोगको निरानी गर्नुपर्छ। निगरानीलाई बलियो बनाउने हो भने हामी धेरै आत्तिनु पर्दैन।

जबसम्म पृथ्बीमा यो रहन्छ, तबसम्म फैलने सम्भावना हुन्छ। किनभने नेपालका मान्छेहरु संसारभर पुगेका छन्।

प्रदेशमा स्वास्थ्य मन्त्रालय जरुरी
निगरानी तगडा बनाउनु पर्छ। यदि अहिले स्वास्थ्यको संरचनाले भ्याउँदैन भने संरचना परिवर्तन गर्नुपर्छ। मेरो सल्लाह सुझाव के छ भने प्रदेशस्तरमा पनि तुरुन्त स्वास्थ्य मन्त्रालय बनाउनुपर्छ। स्वास्थ्य मन्त्रालय नभएकोले समयमा कदम नचालेको जस्तो लागेको छ।

काठमाडौं एउटा कुरा गरौंला, प्रदेशको चाहाना अकै हुनसक्छ। आफ्नो चाहाना अनुसार काम गर्न स्वास्थ्य मन्त्रालय नभइ हुँदैन। सामाजिक विकास मन्त्रालय छ तर त्यसले सधै स्वास्थ्यको मात्र काम गर्न मिल्दैन। प्रदेशस्तरमा स्वास्थ्यमा मात्रै केन्द्रीत हुने संस्था चाहियो। बरु सानो भएपनि मन्त्रालय चाहिएको छ, जसले १२ महिना मूल्यांकन गर्ने नीति बनाउने काममा लागि राख्न सकोस्।

सरुवा रोग अनदेखा नगरौं
मैले पहिलेदेखि भनेको हो, सरुवा रोगलाई यसरी अनदेखा नगरौं भनेर। सरुवा रोगको तथ्यांक आउँदैन। यदि गाउँमा रुघाखोकी फैलियो भने सिकिस्त नहुन्जेल अस्पताल आउँदैनन् बरु औषधि पसलबाट सिटामोल किन्दै खाँ गर्छन्।

तथ्यांक हेर्न हो भने हरेक वर्ष १० देखि १२ लाख मानिसलाई रुघाखोकी लाग्न सक्छ। यो एक वर्षमा दुईपटक लाग्ने गर्छ। यसको तथ्यांक आएको छैन, त्यसैले माइनस नगरौँ भनेर भनेको तर सुन्नु भएन कसैले पनि।

मृत्युको कारण हँुदो रहेछ सरुवा रोग मुटु रोग बाहेक। पुराना रोग भएका मानिसलाई सरुवा रोगले गाँजेको छ। संघीय संरचनामा आएपछि ठिक हुन्छ भनेकोले धेरै काम गर्न सकिएन। स्तरीय प्रयोगशाला बनाइयो।

ऐन संशोधन गर्नुपर्छ
जिल्लामा गएर तालिम दियौं। संघीयतामा जाने हो भनेकोले धेरै काम गर्न सकिएन। ऐन पनि लागु गर्न सकिएन। २०२० लाखमा दुईजनाले बनाएका रहेछन्। अहिले पनि ड्राफ्ट छ। न्यायधीसले ड्राफ्ट बनाउनु भएको रहेछ। तत्काल लागु गर्नुपर्छ आइसोलेसनमा बस्न मानेर क्वारेन्टाइन बसेन भने पूर्जी दिनुपर्ने हुन्छ। थुनुवालाई जसरी पूर्जी दिइन्छ त्यसरिनै दिने हो। ऐन बनाउनु पर्छ।

स्वास्थ्यको संरचना परिवर्तन अनिवार्य
अहिलेको संसचाना ठिक छैन, तत्काल परिवर्तन गर्नु पर्छ। स्वास्थ्य मन्त्रालयले रोग नियन्त्रण विभागको गठन गर्नुपर्छ। चीनले सार्स आएदेखिनै संगठानात्म परिवर्तन सुरु गरे। बर्ड फ्लु आयो। त्यसलाई विशवमा फैलन नदिन सफलतापूर्वक काम गरे। त्यसपछि उनीहरुले सिडिसी चाइना भनेर बनाए। एउटा विभाग बनाए जसले सरुवा रोगको मात्र काम हेर्छ। हाम्रोमा पनि तुरुन्त बनाउनु पर्ने जरुरत देख्छु। यो रोग कति वर्ष रहन्छ भन्ने थाहा छैन। यदि खोप आयो भनेपनि हामीले तुरुन्त पाउनेवाला छैनौं। अहिले पोलियो बिसिजीको खोप ल्याउन गाह्रो भएको छ। संसारमा यसको उत्पादन नै घटेको छ।

खोप बनायो भने पनि पहिला आफ्ना जनतालाई पहिला हेर्छ। मंहगो खोप ल्याएर तीन करोड नेपालीलाई लगाउन सक्छौं कि सक्दैनौ, त्यो पनि कुरो आउँछ।

अरु किन्न सक्ने देशलाई पहिलो प्रथमितामा राख्ला। पहिला आफ्ना देशका नागरिकलाई हेर्ला त्यसपछि छिमेकी मित्रराष्ट्रहरुलाई हेर्ला त्यसपछि मात्र हामीलाई हेर्ला।
कुनै–कुनैले २०३० भन्दा यता नियन्त्रण हुँदैन भनेर कुरा गरेका छन्। फेरि हवाइजहाज चल्न थालेपछि एक देशबाट अर्को देशमा फैलन थाल्छ। राष्ट्रिय, प्रदेशी, स्थानीय संरचना बनाउनु पर्छ।

अहिले पनि स्वास्थ्य मन्त्रालयसँग १५ सय चिकित्सक मात्र छन्। यदि चिकित्सकले हुँदैन। हेल्थपोष्टलाई सानो अस्पतालको रुपमा विकास गर्दै लैजान सक्यो भने स्वास्थ्य प्रणाली व्यवस्थित हुँदै जान्छ।

सार्वजनिक ठाउँमा जाँदा माक्स लगाउनुपर्छ। खोक्दा मुख छोप्ने। जहाँ पायो त्यही थुक्ने चलन बन्द गर्नुपर्छ। लाइनमा बस्ने बानी बसाल्नु पर्छ।

      (मरासिनीसँग स्वास्थ्यखबरले गरेको कुराकानीमा आधारित)(हामीले यो सामाग्री स्वास्थ्य खबर पत्रिकाबाट साभार गरेका हौँ )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button