
नेपाली राजनीतिमा नयाँ तरंग पैदा गर्ने गरी पूर्वमन्त्री तथा पूर्वमाओवादी नेता सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । हर्क साम्पाङ नेतृत्वको पार्टीसँग एकताको औपचारिक घोषणा आज हुँदैछ ।
स्रोतका अनुसार सुदन किरातीले पार्टीमा वरिष्ठ नेताको भूमिका पाउनेछन् भने दोस्रो वरीयतामा उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको छ । उनको समूहबाट एक सचिवसहित १५ जना केन्द्रीय सदस्य पनि पार्टीमा समावेश हुने बताइएको छ ।
जेनजी आन्दोलनपछि प्रचण्ड नेतृत्वसँग असन्तुष्टि जनाउँदै जनार्दन शर्मासँग प्रलोपामा सक्रिय भएका किराती अहिले नयाँ राजनीतिक यात्रातर्फ अघि बढेका हुन् ।



