स्वास्थ्य

कोरोना विरुद्धको ७ वटा खोप क्लिनिकल र ८२ खोप प्रि-क्लिनीकल ट्रायलमा: डब्लुएचओ

खोपको विकास र उत्पादनका लागि दक्षिण पूर्वी एसियासँग डब्लुएचओको छलफल

काठमाडौं- विश्वलाई आतंकित बनाएको कोरोना विरुद्धको खोप अहिलेसम्म विकास हुन सकेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोनालाई जित्न खोपको आवश्यक छ।

खोपको विकास र उत्पादनका विषयमा डब्लुएचओले दक्षिण पूर्वी एसियाका खोप निर्माणकर्ता र राष्ट्रिय नियामकका अधिकारीसँग छलफल गरेको छ।

डब्लुएचओ अन्तर्गतको दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाले सिंहले भनिन्, ‘यो क्षेत्र खोप निर्माणका लागि पावर हाउस हो। त्यसैले यो महामारी माथि विजयी प्राप्त गर्न हामी सबैले महत्पूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’

छलफलमा भारत, इण्डोनेशिया र थाइल्याण्डले खोपको उत्पादन र क्षमताको विषयमा र नियामक निकायले समायोजन र खोप छिटो उपलब्ध गराउन आवश्यक पर्ने प्रक्रिया बारे छलफल गरेका थिए।

डब्लुएचओका अनुसार कोभिड-१९ को खोपको प्रयोग अघि कयौं चरण पुरा गर्नुपर्ने हुन्छ। जसमा प्रि-क्लिनीकल, क्लिनीकल ट्रायल, उत्पादन, लाइसेन्स, खोपको विकास लागि योजना र पोष्ट मार्केटिङ अनुगमन पर्दछ।

यस क्षेत्रमा खोपको विकासका लागि पूर्ण परिदृश्य विकास गर्नाले विश्वव्यापी साझेदार र अन्य राष्ट्रले योजनामा सहयोग गर्ने डा सिंहले बताइन्।

खोपको विकास र मूल्यांकनका लागि डब्लुएचओले विश्वव्यापी रुपमा विभिन्न वैज्ञानिक, अनुसन्धानकर्ता र औद्योगिक क्षेत्रलाई परिचालन गरेको छ। १ सय २० बढीले खोप निर्माणका लागि प्रस्ताव गरेका छन्। जसलाई डब्लुएचले पनि उनीहरुको प्रगतिलाई विश्लेषण गरिरहेको छ।

प्रस्ताव गर्नेमध्ये सात वटा खोप क्लिनिकल मूल्याकंलनको क्रममा छ भने ८२ वटा खोप प्रि क्लिनीकल मूल्याकंनको क्रममा रहेको डब्लुएचओले जनाएको छ।

गत साता डब्लुएचओले कोभिड-१९ को टुल्स एक्सेलेटर सुरु गरेको थियो। जसले विश्वका स्वास्थ्य क्षेत्रका अभिनेता, नीजि क्षेत्रका साझेदार लगायतलाई खोपको विकास र उत्पादन गर्न सहयोग पुग्नेछ।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button