स्वास्थ्य

अस्ताईन नर्सिङ क्षेत्रका ज्योति- बिष्णु राई, वीर अस्पतालमै श्रद्धाञ्जली

भगवती तिमल्सिना, काठमाडौ ।

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको उपचारकै क्रममा वीर अस्पतालमा सोमबार बिहान निधन भएको छ । लडेर टाउँकोमा गहिरो चोट लागेका कारण ५ दिन अघि वीर अस्पतालमा सघन उपचारकक्ष (आईसीयू) कक्षमा राखी उपचार गराईरहनुभएको राईको ७७ बर्षको उमेरमा निधन भएको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताउनुभयो ।

लामो समय देखि मधुमेह र मृगौलाबाट समेत पिडीत राई डायलासिस गराउँदै आउँनुभएको थियो । नेपाल नर्सिङ संघका अध्यक्ष मनकुमारी राई, नेपाल नर्सिङ काउन्सिलको रजिष्टार बिन्दा घिमीरे, पूर्व अध्यक्ष सरला केसी, न्याम्सका रजिष्टार लगायत पदाधिकारीहरुले वीर अस्पतालमै गई स्वर्गीय राईको पार्थीव शरिरमा श्रद्धाञ्जीली दिएका थिए ।

लक डाउनको पालना गर्दै सिमित व्यक्ति अस्पताल पुगी श्रद्धाञ्जली दिएको संघका अध्यक्ष राईले बताउनुभयो । स्वास्थ्य सेवामा निकै ठूलो योगदान दिनुभएका राईको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको छ । नर्सिङ संघ, काउन्सिल, अस्पताल, नर्सिङ कलेजमा पर्ने जटिल समस्याको समाधानका लागि उहाँकै खाँचो पथ्र्यो ।

जस्तासुकै समस्याको उहाँ तत्काल समाधान निकाल्न सक्ने थिङक् ट्याँक नै हुनुहुन्थ्यो । उहाको निधनले नर्सिङ क्षेत्रमा ठूलो क्षति पुगेको छ अध्यक्ष मनकुमारीले भन्नुभयो । स्वर्गीय राई कृष्चियन धर्मालम्बी भएकाले कष्चियन धर्मअनुसारनै उहाँहरुकै समूहले अन्त्यष्टि गर्ने पनि संघका अध्यक्ष मनकुमारीले जानकारी गराउनुभयो ।

स्व. राईका छोरी, ज्वाई र नाती नातीनीहरुले बिहानै शक अस्पतालबाट लगिसकेको अस्पतालका निर्देशक डा.सेन्चुरीले बताउनुभयो । उहाँ नर्सिङ संघको १३ औं अधिवेशनबाट निर्बिरोध अध्यक्ष चुनिनुभएको थियो । उहाँ आफैले नर्सिङ पढाई शुरु गर्नुभएको ललितपुर नर्सिङ कलेज डिन समेत भैसक्नुभएको थियो ।

उहाँ हिमालयन नर्सिङ कलेज ग्वार्कोका संस्थापक समेत हुनुहुन्थ्यो । ७७ बर्षिय राई ताप्लेजुङमा जन्मिएर १५ बर्षको उमेर देखि ५७ बर्ष सम्म अनवरत रुपमा ललितपुर नर्सिङ कलेजमै जीवन बिताउनुभएको व्यक्ति हो । ताप्लेजुङमा जन्मनुभएकी राईका बुबा बृर्टिस आर्मीमा भारतमा हुनुभएकै कारण उहाँले दार्जलिङमा भागेर स्कूल गै भर्ना भै पढाईको बाट आफैले खोज्नुभएको थियो ।

बाबुको सरुवासँगै मलेसियाको बसाईमा पनि पढाईलाई निरन्तरता दिनुभएका राई पुनः दार्जलिङ आएर एसएलसी पास गर्नुभएको थियो । उहाँलाई दार्जलिङकै प्रिन्सिपलले पत्र लेखेपछि ४० रुपैयामा एकतोला सुनको गहना बेचेर काठमाडौं आएर दार्जलिङ, सिलिगुडी, रक्सोल, अम्लेसगंज पुगेर लहरी चढेर पालुङ पुगेर बास बसी, पुन काठमाडौ आएर रत्नपार्क हुँदै शान्तभवन पुगेको ।

सुरेन्द्र भवन जीन्दगी नदेखेको भवनमा पुग्दा अतालिएर रोएको अनुभव एकबर्ष अघि मिडिया मार्पmत सार्वजनिक गर्नुभएको थियो । उहाँ नर्सिङ क्षेत्रमा निकै ठूलो योगदान गर्नुभएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले एकबर्ष अघि बचन टिभीमा दिनुभएको अन्र्तवार्तामा भन्नुभएको छ—सेतो कपडा लगाएको मेट्रोनलाई देख्दा भूत भनेर कहालिएर रुदै भाग्ने सोझो मान्छे थियौ ।

त्यस्तो अवस्थामा नर्सिङ पढ्न भनेर ५८ बर्ष अघि काठमाडौ आईपुग्नुभएको अनुभव सुनाउनुभएको थियो । उहाँलाई नर्सिङ कलेजले उच्च मूल्यांकन गरेर भर्ना गरेको कुरा बचन टीभीलाई सन् २०१९ अक्टुबर २३ मा दिनुभएको अन्र्तवार्तामा बताउनुभएको थियो । उहाले पहिलो अनुभवका रुपमा आनन्दबन अस्पतालमा काम शुरु गर्नुभएको थियो ।

उहाँले टीभीमा दिनुभएको अन्र्तवार्ताको सारः

नर्सलाई बिरामीको दिशापिशाब सोर्ने मान्छे हो विवाह सम्म गर्नुहुन्न भन्थे । लाश छुन समेत दिँदैनथिए छोयो भने तितेपातीले पानी छर्केर सुनपानी छर्केर लान्थे । ठूलाबडाले प्राइभेट वार्डमा पुजा गर्थे, औषधि खुवान जाँदा पनि भित्र पस्नु हुन्नथ्यो । बाहिर कुरेर बस्नुपथ्र्यो, सेवा गर्न आएको अछुत भनेर हेप्थे । यसको मूल कारण हामी आफैले बिरामीको दिशा पिसाब, बाथरुम, भूई सफा गर्नुपथ्र्यो ।

यतिसम्मकी एप्रोन लगाएर दिशा पिसाब सफा गर्ने र सफा गरेका कपडा सबैभन्दा माथी लगेर सुकाउनु पथ्र्यो । बेड सफा गर्ने काम सबै नर्सको थियो । त्यसैले पनि बिरामीका आफन्तले हेपेका होलान । त्यतिबेला नर्सको अधिकार, माग के भन्ने थाहा थिएन । नर्सको तलब २ सय ६० थियो ३ सय पुर्याउँछु भन्दा नबडाउनुस भनेर हात जोडेका थियौ ।

खाई लाई १ सय ६० रुपैया बचाउँथ्यो । अधिकारका आवाजको त कुरै भएन दिन्छु भन्दा त लिन्न भन्थ्यौ । हाम्रो सोझो पन देखेर ३ सय हैन ३ सय ५० रुपमैया तलब बढाईएको रहेछ । हामी फिर्ता गर्न गयौ मेट्रोनले सम्झाएर पैसा बचाउन सिकाउनुभयो । क्वाटरमा बस्थ्यो बिरामीको सेवा भावले ओतप्रोत भएकै कारण खाना समेत नखाई बिरामी हेर्न रातदिन नभनी काम गथ्र्यौ ।

३ जना नयाँ बिएसी नर्स आएपछि नर्सिङ पेशाको महत्व प्रष्ट भयो । १५ बर्षको उमेर ललितपुर नर्सिङ कलेजमा पढ्न आउनुभएको बिस्नु राई ४ बष अस्पतालमा काम गरेपछि बाँकी समय पुरै सोही कलेजमा बिताएको बताउनुभएको थियो । त्यतिबेलाका नर्सको व्यवहारले बिरामीको आधा रोग निको हुन्थ्यो तर अहिले नर्सहरुले मिठो बोल्नुपर्छ, हेला गर्नु हुन्न भन्ने सिक्नुपर्छ ।

पहाडबाट आएको एउटा बिरामी ३ बर्ष देखि ननुहाएको कालो भैसकेको व्यक्तिर्सले भूईपुच्छने, दिशा ५७ बर्ष अघि २ वटा मात्र स्कूल थिए । मेरो व्याजमा ७ जना नर्स थिए । अत्यन्तै कम उत्पादन हुन्थ्यो । नर्स पढाउन परिवारले पठाउँदैनथिए । १९७४ दरबारीया परिवारका ३ जनाले वीर अस्पतालमा नर्स पढे र वीर अस्पतालमा ३ बर्ष स्वयमसेवी सेवा गरे त्यसपछि देखि नर्स पढ्न सामान्य परिवारका व्यक्तिले पनि पठाए । नर्सिङ संघको निर्विरोध अध्यक्ष हुँदा धेरै राम्रा काम गरियो ।

समस्या नआएका हैन सघर्ष गरेरै काम गरे । अहिले सम्म पनि सल्लाहकार छु । अध्यक्षको चुनाव हुने अवस्था आएपछि मैले बाहिरिने निधो गरे अर्को प्रतिद्धन्द्धमा उमेदवारी दिएको नर्सले तपाई जस्तो सिनियर व्यक्तिमा कुनै घमण्ड बिनै नम्र भएर बोलेको सुनेर प्रभावित भए म फिर्ता लिन्छु भन्नुभएकै कारण निर्विरोध अध्यक्ष भए ।

५७ बर्ष देखि नर्सिङ पेशा अपनाउनुभएका राई नर्स र बिरामी दुबैलाई उच्च सम्मान दिँदै काम गर्नुहुन्थ्यो । उहाँ आफै संस्थापक भएर हिमालयन नर्सिङ कलेज ग्वार्कोमा खोल्नुभएको छ । बाईबल पढेकै कारण गम्भिर र जटिल समस्या आउँदा परामर्श दिन सहज भएको उहाँको अनुभव सार्वजनिक गर्नुभएको छ ।

आफुले हरेक पथबाट केही न केही सिकेकै हुन्छ । जे काम र कत्यव्यमा लागेको छ त्यसका लागि आत्म देखिनै दृढ भएर लाग्नुपर्छ । विद्यार्थी र शिक्षकका बीचमा हुने द्धन्द्ध या विवाद् सल्टाउन पनि अध्यन र आध्यात्मलाई प्रयोग गर्थे । महिला कमजोर हुनुहुन्न सत्यको पक्षमा अडिक हुनुपर्छ भन्ने शिक्षा दिन्थे । बनेपाको एउटा नर्सिङ स्कूल बन्द हुने अवस्थामा पुगेको बेला मैले आधा घण्टा कुरा गर्दा दुबै पक्ष विद्यार्थीले शिक्षकहरुसँग माफी मागे र आफ्नो कमजोरीको महसुस गरे ।

नर्सेसहरुको धेरै समस्या छन्ः

घरमा पुग्दा श्रीमती, आमा, बुहारीको भूमिका निर्वाह गर्नुपर्छ । डिउटीमा आउँदा बिरामी, बिरामीको आफन्त फरक फरक हुन्छन् । यस्तो अवस्थामा नर्स पनि मान्छे हो उनीहरुको मानसिक तनाव उत्तिकै हुन्छ । यातायातको सुविधा छैन, रातभरीको डिउटी गर्दा एक कप चिया पनि कसैले दिँदैन । ओभरटाईम काम गर्यो ओभरटाईम पनि पाउँदैन । तलब पनि न्यून छ ।

यस्ता यस्ता सस्याले वास्तमै पिडा हुन्छ र चुनौति पनि छ । सरकारले पहिलाको दाँजोमा अहिले न्यूनतम पारिश्रमिक तोकेर उपदान, भत्ता, स्कूल हेल्थ नर्स जस्ता पोष्ट खुलाएको छ । नीजि क्षेत्रमा समान तलब नहुनुको प्रमुख कारण बिरामी नै छैन भने कहाँबाट दिने भन्ने समस्या छ । अहिले नेपाल नर्सिङ एशोसियसनले नर्सको हितको लागि लडिरहेको छ ।

जीवननै सेवामा अर्पदै आउनुभएका व्यक्ति यतिबेला वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको इच्छा नर्सका लागि पनि डाक्टरको जस्तै स्पेशलाईजेसन गर्न पाउने व्यवस्था हुनुपर्छ । विश्वमा शिक्षा नै शुरु भयो नेपालमा सामान्य तालिम पनि शुरु हुँदै छ । नेपालमा मास्टर्स गर्ने नर्स अत्यन्तै कम हुन्छ । नेपालमा पनि क्लिनिकल नर्सको खाँचो छ ।

नेपालमा समय आएको छैनभने र पछि पार्ने हैन समय आईसक्यो । अपडेट गराउँदै लैजाुनपर्छ । रोगहरु नयाँ नयाँ आईसकेका छन् । हरेक अस्पतालमा नर्स, डाक्टर मात्र हैन सबै कर्मचारीलाई समय समयमा सम्बन्धित डिपार्टमेन्टले तालिम दिनुपर्छ । आईसियु, सिसियु, ओटीको तालिम दिनु जरुरी छ ।newsofnepal/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button